रुकुम महोत्सव आज सकिदै, अन्तिम दिन आज गायक पुष्कल शर्मा आउँदै
मुसिकोट नगरपालिका १ खलंगामा जारी रुकुम महोत्सव आज सकिदै छ । गत फागुन २६ गतेबाट सुरु भएको महोत्सव १२ दिन चलेर आज सकिन लागेको हो । महोत्सवको अन्तिम दिन आज लोक दोहोरी गायक पुष्कल शर्मा लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।
महोत्सवमा अहिलेसम्म विभिन्न कलाकारहरुले प्रस्तुति राखिसकेका छन् । हिजो गायिका एलिना चौहान र गायक चन्द्र शर्मा लगायतले प्रस्तुति राखेका थिए ।
त्यसअघि पल शाह, ज्योती मगर, रामजी खाँड, आर्यन सिग्देल, टंक तिमल्सिना, रोशन सिंह, टीका सानु, पुर्णकला बिसी लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०८:३८
प्रतिक्रिया दिनुहोस्