रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा वडा नम्बर १ को बराहटाकुरामा रहेको कबर्डहलमा बत्ति व्यवस्थापनका लागि सहयोग प्राप्त भएको छ । फागुन २६ गतेबाट बराटाकुरामै जारी साँस्कृतिक तथा व्यापारिक महोत्वस आयोजक समितिले बत्ति व्यवस्थापनका लागि १२ हजार सहयोग गरेको हो । महोत्सव संयोजक डिल्ली परियारले जिल्ला ब्याडमिन्टन संघका सचिव मनिष खड्कालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । ब्याडमिन्टन खेलको थप विकासमा टेवा पुगोस भनेर आफुहरुले सकेको सहयोग गरेको उहाँले बताउनुभयो ।
आर्थिक सहयोग गरेकामा जिल्ला ब्याडमिन्टन संघले आयोजकलाई धन्यवाद दिएको छ । कबर्ड हलमा बत्तिका लागि आर्थिक सहयोग प्राप्त भएपछि अव थप सजिलो हुने जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । राष्ट्रिय लोक तथा होदोरी गित प्रतिष्ठान र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।