Kakhara सबैको खबर सम्पूर्ण खबर
सुचारु भएन गार्मेन्ट उद्योग

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा दुई वर्ष अघि सञ्चालनमा आएको गार्मेन्ट उद्योग आर्थिक संकटमा परेको छ । ११ नम्बर वडामा सञ्चालित कर्णाली गार्मेन्ट उद्योग एक वर्षदेखि बन्द छ । नगरपालिका भित्रका ९ जनाको ३५ लाख सेर लगानी र कर्णाली प्रदेश सरकारको १० लाख रुपैँया अनुदानमा सञ्चालन गरिएको गार्मेन्ट उद्योग स्थापना भएको केही समय चलेपनि एक वर्षदेखी बन्द भएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी देशैभर लकडाउन गरिएको बेला बन्द भएको उद्योग अहिले सम्म पनि सुचारु हुन सकेको छैन । उद्योगमा आवश्यक पर्ने सामग्रीहरु खरिद गर्न आार्थिक नभएको र भरपर्दो विजुली नहुँदा पनि उद्योग चलाउन कठिनाई भएको कर्णाली गार्मेन्ट उद्योगका अध्यक्ष दलजित विकले बताउनुभयो । उहाँले भन्नुभयो 'नगरपालिकामा गार्मेन्ट उद्योग राम्रो चल्छकी भनेर सञ्चालन गरियो केही समय त राम्रै चल्यो तर गत वर्ष यसै समयमा लकडाउन भएपछी उद्योग बन्द भयो अहिले सम्म खुलाउन सकिएको छैन ।'

अहिले पनि सेर सदस्यहरु सबैको साथ सहयोगबाट थप रकम जम्मा गरी उद्योग पुनः सञ्चालन गर्न सक्ने सम्भावना रहेको अध्यक्ष विकले बताउनुभयो । उद्योग स्थापना गर्दा जग्गा खरिदमा ११ लाख, भवन निर्मामा १४ लाख, कपडा खरिद ७ लाख, वाइरिङ र मेसिन जडानमा १ लाख ५० हजार, मेसिनरी पाटपुर्जाहरु खरिद तथा कार्यालय सामग्रीहरु खरिदमा १ लाख ५० हजार रुपैँया खर्च भएको थियो । जसमा कर्णाली प्रदेश सरकारको १० लाख अनुदान रकम हो भने अरु सबै लगानी सेर सदस्यहरुले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update