Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम महोत्सवमा मानसिंहले नचाए 
महाेत्सवमा प्रस्तुति राख्दै लाेक दाेहाेरी गायक मानसिंह खड्का ।

लोक दोहोरी गायक मानसिंह खड्काले आइतबार रुकुमेलीलाई नचाउनुभएको छ । शनिबार देखि जिल्ला सदरमुकाम मुसिकोटमा जारी रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हेर्न पुगेका दर्शकालाई आफ्ना विभिन्न गित मार्फत खड्काले नचाउनुभएको हो । 

खड्काको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । खड्काले घाँसै काटौं खोली दोभान, दुल्लु दरबार, बुहारी–२, पराई घर लगायतका गित सुनाउनुभएको थियो । दर्शकले खड्कालाई राम्रो साथ दिएका थिए । दिनभर आफ्ना बजारमा आइसकेका गित मार्फत दर्शकलाई नचाउनुभएका खड्काले साँझ भने लाइभ दोहोरी मार्फत मनोरञ्जन दिनुभयो । 

उहाँले गायिका टीका सानुसंग लाइभ दोहोरी गाउनुभएको थियो । पानको पात बोलको गितमा घमासान दोहोरी भएको थियो । दर्शकले लाइभ दोहारीको मजा लिएका थिए । खड्काले रुकुम महोत्सवमा आफुले दर्शकको राम्रो साथ पाएको बताउनुभयो । यो महोत्सव आफ्नो लागि उत्कृष्ट मध्येको एक रहेको उहाँले प्रतिक्रिया दिनुभयो । 

खड्का विगत १ दशक देखि लोक दोहोरी गायन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । खड्का विशेष गरी लाइभ दोहोरीमा चर्चित हुनुहुन्छ । त्यस्तै उहाँका खोली दोभान लगायतका गित चर्चित छन् ।  
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update