रुकुम पूर्वकाे पुथाउत्तरगंगा गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य जारी छ । गाउँपालिकाका १४ वटै वडामा विवरण संकलनको काम चलिरहेको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले जानकारी दिनुभयो । वडामै विवरण संकलनको काम सुरु भएपछि गाउँपालिकावासी हर्षित भएको उहाँले बताउनुभयो ।
वडामै विवरण संकलन हुँदा जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको र समय तथा पैसा जोगिएको भन्दै गाउँपालिकावासी हर्षित भएका हुन् । आज वडा नम्बर १० मा विवरण संकलन गर्ने कार्यको अवलोकन समेत गरेको गाउँपालिका उपाध्यक्ष बुढाको भनाई छ ।
त्यस क्रममा बिजुली र जनशक्तिको कमिले गर्दा ढिलासुस्ती भएकोले सहजिकरण गरिदिनु हुन अनुरोध भएको र यस विषयमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय भइसकेको उहाँले बताउनुभयो । यो समस्या छिट्टै हल हुने विश्वास गर्दै उहाँले सबै गाउँपालिकावासीलाई सेवा लिन आग्रह पनि गर्नुभएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका जिल्ला सदरमुकाम देखि टाढा र दुर्गम भएका कारण राष्ट्रिय परिचय पत्रका लागि वडाबाटै विवरण संकलन सुर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।