Kakhara सबैको खबर सम्पूर्ण खबर
इन्टरनेट बिग्रिदा मालपोत कार्यालय रुकुम पश्चिमको सबै सेवा ठप्प 

मालपोत कार्यालय रुकुम पश्चिमको सेवा ठप्प भएको छ । इन्टरनेट सेवा बन्द हुँदा मालपोत कार्यालयबाट प्रवाह हुने सबै सेवा बुधबार देखि बन्द भएका हुन् । सबै काम इन्टरनेटबाट हुने र इन्टरनेट बन्द हुँदा कार्यालयका सबै काम रोकिएको मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीले बताउनुभयो । इन्टरनेट सेवा नहुँदा घर, जग्गा रजिष्ट्रेशन, नामसारी, संशोधन, दाखा लगायतका सबै सेवा ठप्प भएको उहाँको भनाई छ ।

चैत्र ७ गते परेको पानी र चट्याङका कारण इन्टरनेट सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । मुसिकोट नगरपालिकाको जन्तीबस्ने लेकमा रहेको सुविसु इन्टरनेटको टावरमा चट्याङले क्षेति गरेका कारण इन्टरनेट सेवा बन्द भएको हो । सेवा सुचारु हुन अझै केही समय लाग्ने देखिएको प्रमुख केसीले बताउनुभयो । सामान्य इन्टरनेटले सिष्टम नचल्ने भएका कारण वैकल्पिक व्यवस्थापन गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।

इन्टरनेट सेवा प्रदायकले काठमाडौंबाट समान ल्याउनुपर्ने र त्यसका लागि केही समय लाग्ने जानकारी गराएको उहाँले बताउनुभयो । तुरुन्त सेवा सुचारु गर्न ताकेता गरिरहेको खत्रीको भनाई छ । उहाँका अनुसार वैकल्पिक व्यवस्थाका लागि समेत प्रयास भइरहेको छ । वैकल्पिक रुपमा इन्टरनेटको व्यवस्थापन गरेर सेवा सुचारु गर्ने विषयमा पनि पहल भइरहेको उहाँले बताउनुभयो । सेवा ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् ।

गाउँ गाउँबाट आएका सेवाग्राही सेवा ठप्प भएपछि रित्तो हात घर फर्किन बाध्य भएका छन् भने केही महँगोमा खलंगामै बसिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update