Kakhara सबैको खबर सम्पूर्ण खबर
जेष्ठ नागरिकलाई चेवनप्राश

मुसिकोट नगरपालिकाका ३ वडाका जेष्ठ नागरिकलाई चेवनप्राश वितरण गरिएको छ । नगरका सबै ६८ वर्ष माथिका नागरिकहरुलाई चेवनप्राश वितरण गर्ने कार्यक्रम अन्तर्गत बिहिबार वडा नम्बर २, ३ र १४ नम्बर वडाका जेष्ठ नागरिकलाई चेवनप्राश वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

जेष्ठ नागरिकको पोषण स्थितिलाई ख्याल राख्दै स्वास्थ्यवद्र्धक चेवनप्राश नगर आयुर्वेद शाखाले वितरण सुरु गरेको मुसिकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बिहिबार ३ वडाका गरी ३ सय १८ जना जेष्ठ नागरिकलाई चेवनप्राश वितरण गरिएको छ । 

वडा नम्बर २ मा १ सय ९, वडा नम्बर ३ मा ९५ र वडा नम्बर १४ मा १ सय ४४ जनालाई वितरण गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख महेन्द्र केसीबाट जेष्ठ नागरिकलाई चेवनप्राश वितरण गरिएको हो । यो कार्यक्रम नगरका सबै वडामा संचालन हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update