Kakhara सबैको खबर सम्पूर्ण खबर
बराहटाकुरा झोलुंगे पुलमा जोडिएको लाइट ६ महिना पनि टिकेन  
फाइल फाेटाे

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरा देखि सल्ले जोड्ने् झोलुंगे पुलमा जडान गरिएको लाइट ६ महिला नपुग्दै लथालिंग भएको छ । गत कात्तिक महिनामा जडान गरिएको लाइट ६ महिना नहुँदै लथालिंग भएको हो । मुसिकोट नगरपालिकाले रातको समयमा पुललाई आकर्षण बनाउने भन्दै पुलमा लाइट जडान गरेको थियो । 

नगरपालिकाले करिब डेढ लाखको लगानीमा जडान गरेको लाइट ६ महिना पनि टिकेन । पुलको दुवै पट्टी लाइट जडान गरिएको थियो । अहिले भने पट्टी लाइट देख्न सकिदैन । कतै कतै चुँडिएर पुलमा झुन्डिएको अवस्थामा लाइट देख्न सकिन्छ । नगरपालिकाले डेढ लाख लगानी गरेर जडान गरेको लाइट बालुवामा पानी हाले सरह भएको छ । 

पुलमा अनावश्यक खर्च गर्नुभन्दा अन्य विकास निर्माणका काममा लगानी गरेको भए त्यसले प्रतिफल दिने मुसिकोट नगरपालिका १ का अजय बोहराले बताउनुभयो । सरकारले प्रतिफल देखिने खालका योजनामा काम गर्नुपर्ने सुझाव उहाँको छ । यस्ता कुरामा बजेट खर्च गरेपनि त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।  

नगरपालिकाले भने पुलमा जडान गरेको लाइट अहिले छ कि छैन भन्ने बारेमा कुनै पत्तो पाएको छैन् । लथालिंग भएको भए त्यसलाई पुनः व्यवस्थित गर्ने तर्फ नगरपालिकाको ध्यान जाने नगर कार्यपालिका प्रवक्ता समिरजंग मल्लले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update