Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ४५ जनालाई पुँजी बजार सम्बन्धी तालिम प्रदान

रुकुम पश्चिममा २ दिने पुँजी बजार सम्बन्धी साक्षरता तथा क्षमता अभिवृद्धि तालिम संचालन गरिएको छ । रुपान्तर नेपालले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा तालिम संचालन गरेको हो । 

तालिममा जिल्लाका ३ नगरपालिकाको सहभागिता रहेको थियो । तीन वटै नगरपालिकाबाट १५/१५  जना गरेर ४५  जनालाई तालिम दिइएको रुपान्तर नेपालका अध्यक्ष मुकुन्दकुमार शर्भाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा परीक्षणका लागि ३ पालिकाको सहभागिता बनाइएको हो । 

तालिममा सहभागिले पुँजी बजार सम्बन्धीको ज्ञान सिकेर गाउँगाउँमा सहर्जकताको भुमिका खेल्नेछन् । पहिलो चरणमा  मुसिकोट नगरपालिका, आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका शेयर बजार सम्बन्धी चासो राख्ने व्यक्तिलाई छनोट गरेर तालिम दिइएको हो । दोस्रो चरणमा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकाका व्यक्तिहरुलाई समेटेर तालिम दिइने अध्यक्ष शर्माले बताउनुभयो । 

पुँजी बजार सम्बन्धी तालिम जिल्लामै पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमका सहभागिहरुलाई शेयर बजार, धितो पत्र वोर्ड, दोस्रो बजारमा कारोवार गर्ने तरिका लगायतका विषयमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले प्रशिक्षण दिनुभएको हो । तालिमको एक कार्यक्रमका विच आइतबार उद्घाटन गरिएको थियो भने आज समापन भएको हो । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update