राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुम पश्चिमको कुल साक्षरता दर ७५.७ प्रतिशत रहेको छ । जिल्लाको कुल जनसंख्या १ लाख ६६ हजार ७ सय ४० रहेकामा साक्षरता दर ७५.७ प्रतिशत रहेको हो । राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशत रहेको छ ।
जिल्लामा महिलाको तुलनामा पुरुष साक्षरता दर बढी रहेको छ । पुरुष साक्षरता दर ८२.५ प्रतिशत रहेकामा महिला साक्षरता दर ६९.४ प्रतिशत रहेको जनगणनाको अन्तिम परिणाममा उल्लेख छ । जिल्लाका ६ वटा स्थानीय तह मध्येमा सबैभन्दा बढी साक्षरता दर मुसिकोटको रहेको छ ।
मुसिकोट नगरपालिकाको साक्षरता दर ८०.६ प्रतिशत रहेको छ । भने सबैभन्दा कम आठबीसकोट नगरपालिकाको ७०.१ प्रतिशत रहेको छ । जिल्लामा जस्तै सबै स्थानीय तहमा पनि महिलाको तुलनामा पुरषको साक्षरता प्रतिशत बढी रहेको छ ।
मुसिकोटमा पुरुषको साक्षरता दर ८७.८ दर र महिलाको साक्षरता दर ७४.५ रहेको छ । त्रिवेणी गाउँपालिकाको साक्षरता दर ७८.४ प्रतिशत रहेको छ । जसमा पुरुष साक्षरता दर ८४.४ र महिला साक्षरता दर ७३.९ प्रतिशत रहेको छ ।
बाँफिकोट गाउँपालिकाको साक्षरता दर ७४.९ प्रतिशत रहेकामा पुरुषको साक्षरता दर ८२.३ प्रतिशत र महिला साक्षरता दर ६८.२ प्रतिशत रहेको छ । त्यस्तै चौरजहारी नगरपालिकाको साक्षरता दर ७४.४ प्रतिशत रहेको छ । जसमा पुरुषको ८१.४ र महिलाको ६८.० प्रतिशत रहेको छ ।
सबैभन्दा कम साक्षरता दर रहेको आठबीसकोटमा पुरुषको ७६.८ र महिलाको ६३.७ प्रतिशत गरी कुल ७०.१ प्रतिशत रहेको छ । सबैभन्दा बढी जनसंख्या पनि आठबीसकोट नगरपालिकाकै रहेको छ । आठबीसकोटमा कुल जनसंख्या ३५ हजार ९ सय १७ रहेको छ ।
त्यस्तै मुसिकोटमा ३४ हजार २ सय ७०, चौरजहारीमा २८ हजार ९ सय ५६, सानीभेरी गाउँपालिकामा २४ हजार ७ सय ५९, बाँफिकोट गाउँपालिकामा २१ हजार ३३ र सबैभन्दा कम जनसंख्या त्रिवेणी गाउँपालिकामा २० हजार ५ सय २५ रहेको छ ।