Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाद्धारा विभिन्न योजनाको अनुगमन 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले विभिन्न योजनाहरुको अनुगमन गरेको छ । आज नगरपालिकाका विभिन्न वडामा निमाणाधिन र निर्माण सम्पन्न भएका योजनाहरुको नगरपालिकाले अनुगमन गरेको हो । नगर उपप्रमुख विमलकुमार पुन नेतृत्वको टोलीले नगरपालिकाका ३ वटा वडामा निर्माणाधिन र निर्माण सम्पन्न भएको योजनाहरुको अनुगमण गरेको हो । 

विकास निर्माणका योजनाहरुको अनुगमनसंगै नगरपालिकाको प्राविधिक सहितको समुहलाई वडा वडामा लिएर आगामी वर्षमा निर्माण गर्नुपर्ने योजनाहरुको समेत अध्यन गरिएको मुसिकोट नगरपालिका उपप्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो । अनुगमनको काम असारमसान्तसम्म निरन्तर चलिराख्ने उहाँको भनाई छ । 

आज ९ नम्बर वडाको होलमा निर्माण भइरहेको घोरेटो बाटो, सडक, १२ नम्बर वडाको जमारुमा निर्माण कार्य सम्पन्न भएको राष्ट्रिय आधारभुत विद्यालयको भवन, काँसपोखरीमा निर्माण भएको सडकको नाला र वडा नम्बर १३ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको अनुगमन गरिएको हो । 

337408805_1216638278968255_422589579109748027_n1680872094.jpg

जसमध्ये ९ नम्बर वडाको  होल टोलमा  निर्माण गरिएकोको घोरेटो बाटो मापदण्ड अनुसार नभएकाले पुनः सुधार गरेर निर्माण गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको नगर उपप्रमुख पुनने  बताउनुभयो  । मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १५ लाख बजेटको घोरेटो बाटो निर्माणको योजनामा मापदण्ड अनुसार लम्बाई र चौडाई नभएकाले पुनः मर्मत गर्न भनिएको नगरपालिकाका इन्जिनियर पहलबहादुर पुनले बताउनुभयो ।

उहाँ अनुसार १२ नम्बर वडाको जमारुमा ठेक्का मार्फत १४ लाखमा बनेको राष्ट्रिय आधारभुत विद्यालयको भवन र १३ नम्बर वडाको छिवाङडाँडामा राष्ट्रिय आधारभुत विद्यालयको १८ लाखमा बनेको ३ कोठे पक्की भवन भने मापदण्ड अनुसार निर्माण भएको पाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update