Kakhara सबैको खबर सम्पूर्ण खबर
मृत भेटिएका दिदी बहिनीको आज पोष्टमार्टम हुँदै 

मृत अवस्थामा भेटिएका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई दिदी बहिनीको पोष्टमार्टम आज हुने भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज पोष्टमार्टम हुन लागेको हो । 

दुई दिदी बहिनीको शव शुक्रबार जिल्ला अस्पताल रुकुमकोट ल्याइएको र आज पोष्ट मार्टम हुन लागेको उहाँको भनाई छ । तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले घटनास्थलको छानबिन गरेको र आज दुवै दिदी बहिनीको पोष्ट मार्टम हुन लागेको डिएसपी श्रेष्ठले बताउनुभयो । 

घटनाको अनुसन्धान भइरहेको र थप भन्ने नमिल्ने उहाँले बताउनुभयो । सिस्नो टिप्न भनी चैत्र २२ गते दिउँसो घरबाट निस्किएका रन्माका तारामान बुढामगरका दुई छोरी ११ वर्षिया रीना बुढामगर र ९ वर्षिया कालिमाया बुढामगर २३ गते नजिकैको भीरमा मृत अवस्थामा फेला परेका थिए । 

उनीहरुको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको छ । उनिहरुले लगाएका गर गहना लुटिएकोले लुटपाटका लागि हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update