Kakhara सबैको खबर सम्पूर्ण खबर
अहिलेको मुख्य जिम्मेवारी दीगो विकास र राेजगारी: सांसद केसी 

कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले अहिलेको मुख्य जिम्मेवारी दीगो विकास रहेको बताउनुभएको छ । आज रुकुम पश्चिमको सातौं जिल्ला सभालाई सम्बोधन गर्दै सांसद केसीले जिल्लामा आधारभूत तहको भौतिक निर्माण पुरा भएको र अवको मुख्य जिम्मेवारी भनेकै दीगो विकास रहेको बताउनुभो । 

‘सडक लगायत भौतिक निर्माणको कुरा गर्ने हो भने आधारभूत तहको काम पुरा भएको छ, यद्धपि केही ठाउँमा सडक पुग्न अझै बाँकी छ, उहाँले भन्नुभयो–तर अवको मुख्य जिम्मेवारी भनेकै दीगो विकास हो, आधारभूत तहको विकासलाई सुव्यवस्थित रुपमा माथि उठाउन आवश्यक छ ।’ 

सडक बाह्रै महिना चल्ने, २४ सै घण्टा धारामा पानी आउने, भौतिक संरचना निर्माण भइसकेको अवस्थामा अव शिक्षामा गुणस्तरीयता कायम गर्ने लगायतका दीगो विकासको आवश्यकता रहेको उहाँले बताउनुभयो । 

त्यस्तै उहाँले अहिलेको मुख्य समस्या रोजगारी रहेको बताउनुभयो । सबै विकास हुँदा हुँदै पनि रोजगारी नहुँदा केही भएको छैन् भन्ने प्रश्न उठिरहेको उहाँको भनाई छ । रोजगारी सृष्टी गर्न नसक्दा नेता र व्यवस्थाप्रति नै प्रश्न उठिरहेको उहाँले बताउनुभयो । त्यसकारण अव रोजगारी सृजना पहिलो प्राथमिकता हुनुपर्ने र रोजगारी नै समाजको मुख्य चासोको विषय बनिरहेको उहाँले बताउनुभयो ।

कसरी रोजगारी दिन सकिन्छ, जिल्लामा कुन तरिकाबाट रोजगारी सृजना गर्न सकिन्छ भनेर सोच्न जरुरी रहेको उहाँले बताउनुभयो । जिल्लाको हकमा कृषिबाट नै रोजगारी सृजना गर्न सकिने सांसद केसीले बताउनुभयो ।


 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update