Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेको खावाङमा बाल विवाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन 

शहिद शुक्र बाल क्लब समूहको आयोजनामा बाल विवाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक नाटक देखाइएको छ । चैत १७ गतेबाट सुरु भएको बाल विवाह न्यूनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक नाटक आइतबार भूमे गाउँपालिका कार्यालय खाबाङ बगरमा संचालन गरिएको हो ।

बाल विवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले यो सडक नाटक प्रदर्शनी गरिएको बाल क्लबले जनाएको छ ।

उक्त सडक नाटकमा विद्यालय उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले बालबालिकाको शिक्षामा परेको असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर र त्यसको कारण बालिकाको हुने गरेको घटनालाई नाटकमा देखाइएको थियो । 

यस्तै ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई कुपोषणबाट जोगाउने सम्बन्धी चेतना समेत फैलाइएको थियो । चैत १७ गते देखि भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ देखी नाटक सुरु भएको थियो । उक्त कार्यक्रम भूमेका ९ वटै वडाका २० ओटा टोल बस्तिहरुमा संचालन गरिएको छ ।

विषेश गरेर बाल विवाह न्यूनिकरण गर्नका लागि नाटक तयार पारिएको नाटककी पात्र पार्वती सुनारले बताउनुभयो । गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले यो कार्यक्रमले बाल विवाह न्युनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update