Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा  

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा प्राप्त गरेपछि  वडालाई पूर्ण खोप सुनिश्चित गरिएको हो । वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले यो वर्ष पाउनु पर्ने सवै खोप प्राप्त गरेको वडाले जनाएको छ । प्रत्येक वर्ष वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरेको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार ५ नम्बर वडाका सबै टोलमा नेपाल सरकारले तोके अनुसार १५ महिना भित्रका २८ जना बालबालिकाले खोप पुरा गरेका छन् । वडामा रहेका ९८ जना बालबालिका मध्य यो वर्षको चैत मसान्तसम्म खोप पाउनुपर्ने सबै २८ जना बालबाबालिकाले पुर्ण खोप प्राप्त गरेको रेकर्ड छ । वडामा कार्यरत स्वास्थ्यकर्मीले तयार पारेको तथ्याङलाई आधार बनाई बालबालिकाले पुरा खोप प्राप्त गरेपछि वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update