Kakhara सबैको खबर सम्पूर्ण खबर
पुर्खाका प्रचलनलाई पुथाउत्तरगंगाको मान्यताः खादा, अबिरको सट्टामा टीका, दुबोपाती
पुथाउत्तरगङ्गा गाउँपालिका र गाउँपालिकाले प्रयोजनमा ल्याएको स्थानीय टीका । तस्बिरः कखरा ।

जब कार्यक्रम सुरु हुन्छ बजारबाट आयादित खादा, अबिरले अतिथिलाई लगाइन्छ । तर, रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा अब देखि गाउँपालिका भित्रको जुुनसुकै कार्यक्रममा बजारको खादा, अबिरको सट्टामा गाउँकै टीका, दुबोपाती र पुष्पगुच्छा प्रयोग गर्ने गाउँ कार्यपालिकाको बैठकले निणर्य गरेको छ । 
सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामाजिक सुधार तथा खर्च मितव्ययिता गराउने तथा स्थानीय वस्तुलाई बजारिकरण गर्ने उद्देश्यले बजारको खादा, अबिरलाई पूणर् रूपमा निषेध गरिएको गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत राजन कंडेलले बताउनुभयो । गाउँपालिका भित्र उत्सव, महोत्सव लगायत विभिन्न समूहमा केन्द्रीत भई गरिने सामाजिक क्रियाकलापमा फजुल खर्च र अनावश्यक तडकभडक नगर्न र स्थानीय चलनचल्ती अनुसारको दहीमा चामल मुछिएको सेतो टीका, दुबोपाती र पुष्पगुच्छा प्रयोग गरिने कंडेलले जानकारी दिनुभयो ।  
“विभिन्न संघ/संस्था बाहेक गाउँपालिकाले मात्र एक आर्थिक वर्षमा खादा र अबिर खरिदमा मात्र करिब साढे एक लाख रुपैयाँ बराबरको खर्च हुँदो रहेछ” प्रमुख प्रशासकीय अधिकृत कंडेलले भन्नुभयो -“एका तर्फ खेर जाने गरेको खर्च जोगिने भयो, भने अर्को तर्फ स्थानीय संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनमा थप टेवा पुग्ने भएको छ ।” 

गाउँपालिका भित्र हुने सबै ठाउँमा अब स्थानीय टीका, दुबोपाती र पुुष्पगुच्छाको मात्र प्रयोग गरिने गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । “पुर्खा देखि विभिन्न चाडपर्व, मेला, महोत्सव, पाहुना तथा अतिथि संस्कार एवम् सम्मानमा प्रयोग गर्दै आउनु भएको दहीमा चामल मुछिएको सेतो टीका, दुबोपाती र पुष्पगुच्छा नै हो” अध्यक्ष घर्ती मगरले भन्नुभयो -“पछिल्लो समयमा अरुको देखासिकीको कारणले खादा, अबिर प्रयोगमा आएको हो ।” खादा, अबिरको प्रयोग वास्तविक प्रयोजन नदेखिएको गाउँ कार्यपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update