रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ घर्तिगाउँकी १४ वर्षिया कृष्णा सार्कीको उपचारका लागि उनका परिवारले सहयोगको याचना गरेका छन् । आगोले जलेर गम्भिर घाइते भएकी कृष्णाको उपचारमा आर्थिक अभाव भएकोले परिवारजनले सहयोगको याचना गरेका हुन् । कृष्णाको अहिले किर्तिपूर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
आगोले कृष्णाका दायाँ र बायाँ हात, ढाड लगायत शरीरका विभिन्न भाग गहिरो रुपमा जलेका छन् । कृष्णाका बुवा प्रविर सार्कीले छोरीको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । आफ्नाे आर्थिक अवस्था निकै कमजाेर रहेकाे र अहिलेसम्म यता उता गरेर २ लाख जति खर्च गरेको तथा अवको उपचारमा लाग्ने पैसा आफुहरुसंग नभएको उहाँको भनाई छ ।
सहयोग गर्न चाहनेले आफ्नो नाममा सेन्चुरी बैंकमा रहेको खाता (Bank: Prabhu Bank, AC/Name: PRABIR SARKI, AC/No.2607048031500018) मा पैसा जम्मा गर्न सक्ने उहाँले बताउनुभयो । साथै मोबाइल नम्बर ९७४८७३८१५९ मा सम्पर्क समेत गर्न सकिने सार्कीले बताउनुभयो ।
यसैविच कृष्णाको उपचारको लागि आर्थिक सहयोग समेत संकलन भइरहेको छ । सामाजिक सञ्जाल मार्फत चलाइरहेको अभियानबाट सहयोग संकलन भइरहेको अभियान्ता डम्बर बिष्टले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म १ लाख बढी पैसा संकलन भएको छ । सिधै बिरामीका बुवाकाे खातामा पैसा जाने गरी सहयाेग संकलन भइरहेकाे उहाँकाे भनाई छ ।