मृगौला प्रत्यारोपण गरेका बिरबहादुरलाई सांसद केसीको सहयोग
रुकुम पूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित धनबहादुर केसीले मृगौला प्रत्यारोपण गरेका एक व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको छ । आज काठमाडौंमा रहेको वीर अस्पताल पुगेर सिस्ने गाउँपालिका वडा नम्बर ८ निवासी बिरबहादुर बोहरालाई सांसद केसीले ५० हजार सहयोग गर्नुभएको हो ।
बोहराको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै आर्थिक सहयोग गरेको सांसद केसीको सचिवालयले जनाएको छ । बोहरा लामो समयदेखी दुवै मृगौला फेल भई उपचाररत हुनुहुन्थ्यो । आमाले मृगौला दिएपछि उहाँमा मृगौला प्रत्यारोपण गरिएको हो ।
प्रत्यारोपण पछिको उपचारका सम्बन्धमा डाक्टरबाट जानकारी लिँदै सांसद केसीले उपचारमा कुनै कमि हुन नदिन डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरेको बताइएको छ ।।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १३:३५
प्रतिक्रिया दिनुहोस्