Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल सल्लेमा प्रसुति कुरुवा घर बन्दै, गर्भवती र सुत्केरीलाई सहज हुने
सम्झाैता पत्रमा हस्ताक्षर कार्यक्रम ।

जिल्ला अस्पताल रुकुम पश्चिममा प्रसुति कुरुवा घर बन्ने भएको छ । गर्भवति तथा सुत्केरी महिला र उनका कुरुवाहरुलाई बस्न सहज होस भनेर अस्पताल परिषरमा कुरुवा घर बन्ने भएको हो । 

वान हर्ट वल्र्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर बन्ने वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । घर २९ लाखमा निर्माण हुने उहाँको भनाई छ । 

उक्त घर निर्माणका लागि हिजो अस्पताल विकास समिति, वान हर्ट वल्र्ड वाइड र रुकुमेली समाज विकास केन्द्रका विचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । घर यही आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष लिइएको गिरीले बताउनुभयो । 

घर निर्माण भएमा दुर्गमबाट प्रसुति सेवा लिन जिल्ला अस्पतालसम्म पुगेकालाई होटेलमा बस्नु पर्ने बाध्यताको अन्त्य हुनुका साथै खर्च कम हुने अपेक्षा गरिएको उहाँको भनाई छ । साथै यसले स्वास्थ्य संस्थामा प्रसुति हुनेको संख्या बढ्ने विश्वास गरिएको छ ।

गर्भवती महिलालाई साविक भन्दा ३ सय ५० बढि र करिब ७७ ग्राम प्रोटिन चाहिने हुँदा कुरुवा घरमा वस्ने गर्भवती महिलालाई बिहानको खाजा ७ बजे दुध एक कचौरा, पाउरोटी वा रोटी ३/३ वटा, उसिनेको अण्डा १ वटा र चना वा अन्य गेडागुडी १ कचौरा उपलब्ध गराइने छ ।  

बिहानको खाना १० बजे भात २ कचौरा, दाल बोक्रा भएको १/२ कचौरा, साग सब्जी मौसमी २ कचौरा, छाला निकालिएको मासु वा यूटेला ४ टुक्रा वा ७/८ टुक्रा, सलाद इच्छा अनुसार, दिउँसोको खाजा २ बजे सुख्खा रोटी ३ वटा, गेडागुडी टुसा उमारेको १ कचौरा, दहि १ कचौरा दिइने जिल्ला संयोजक गिरीले बताउनुभयो । 

त्यस्तै दिउँसोको खाजा ५ बजे अण्डा १ वटा, कुनै फलफुल मौसमी १ वटा, बेलुकाको खाना पाकेको भात २ कचौरा, दाल बोक्रा भएको १/२ कचौरा, तरकारी १/२ कचौरा, साग सब्जी मौसमी १ कचौरा र सलाद इच्छा अनुसार गरी दैनिक ३ सय ५० देखि ४ सय रुपैयाँ सम्मको खाना खुवाइने गिरीको भनाई छ । 

उहाँका अनुसार सुत्केरी आमालाई पनि फरक फरक खालको खाना र खाजाको व्यवस्था गरिने छ । सुत्केरी आमाले दैनिक ४ सय ५० देखि ५ सय बराबरको खानेकुरा पाउने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update