जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने ठूली भेरी नदी माथिको बेलिब्रिज दु्र्घटनामा पर्ने ९ मध्य ८ कामदार भारतका रहेको खुलेको छ । निर्माणको क्रम रहेको जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ को तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ४ छरेबगर डावा जोड्ने पुल आज बिहान १२ः४० बजेतिर भाँचिएको थियो ।
मृतकका बारेमा फरक फरक जानकारी आइरहेका छन् । घटनास्थलमा रहनुभएका आठबीसकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम भण्डारीले २ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । तर प्रहरीले मृतकका बारेमा कुनै पुष्टि गरेको छैन् । प्रहरीले पुल निर्माणमा खटिएका ९ जना कामदारहरुको विवरण भने सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पुल निर्माणमा खटिएका ८ जना भारतको बहराइच जिल्लाका रहेका छन् भने एक जनाको पहिचान खुलेको छैन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्राइका अनुसार पुल निर्माण खटिएकाहरु भारत बहराइज मधुवापुरका अन्दाजी ४० वर्षिय पुर्षोतम राजकुमार, सोही ठाउँका ५० वर्षिय मैकु गौतम, ३२ वर्षिय गोरख नाथ, ३२ वर्षिय सञ्जय गौतम, १९ वर्षिय सोनु चुमार, ४९ वर्षिय गोपाल चमार, ३० वर्षिय धर्मेन्द्र हरीजन चमार र ६० वर्षिय राजकुमार हरीजन चमार रहेका छन् । क्रेन चालकको भने पहिचान खुल्न नसकेको डिएसपी भट्टराइले बताउनुभयो ।