Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने ८ मा उद्यमशिलता विकास तालिम
तालिमका सहभागिहरू ।

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नंम्बर ८ मा उद्यमशिलता विकास र लैङ्गिक समानता तथा समावेशीकरण तालिम सम्पन्न भएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको हो । सिस्ने गाउँपालिकाले यो तालिम संचालन गरेको हो । फाल्गुन २८ गतेबाट सुरु भएको तालिममा वडा नम्बर ८ का २२ जना उद्यमिको सहभागिता रहेको थियो । सात दिनसम्म सञ्चालन भएको तालिममा उद्यम र उद्यमशीलता, व्यवसायीक महत्व, सफल उद्यमिमा गुण तथा विशेषताहरु, बजार र बजारीकरण, व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा सिकाईएको थियो ।

तालिमको सहजिकरण उद्यम विकास सहजकर्ता सामना आचार्य र मदन बिसीले गर्नुभएको थियो । तालिमले उद्यमशिलता सम्बन्धि थोरै भएपनी ज्ञान आर्जन गर्ने मौका मिलेको अद्यमि सुशिला बोहराले बताउनुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिस्ने गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खर्कसिङ थापाले तालिम लिएका उद्यमीले सिपलाई व्यवहारमा उर्तानु पर्ने बताउनुभयो । सिप सिकेका उद्यमिहरु वेरोजगार नबसि कुनै न कनै व्यवसायमा लाग्नु पर्ने उहाँको भनाई छ ।

सिस्ने सानीभेरी लघु उद्यम विकासका अध्यक्ष दिम्बेकुमार थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा माओवादी केन्द्रका वडा इन्चार्ज देबिलाल पुन, ८ नम्बर वडाका सचिव प्रेमप्रकास ओली, विभिन्न उद्यमि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता मदन बिसीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update