Kakhara सबैको खबर सम्पूर्ण खबर
बेलिब्रिज भाँचिएर गम्भिर घाइते ३ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो 

बेलिब्रिज भाँचिएर गम्भिर घाइते भएका ३ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने ठूली भेरी नदी माथिको निर्माणाधिन बेलिब्रिज भाँचिदा गम्भिर घाइते भएका ३ जनालाई जाजरकोटको दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टर मार्फत लगिनेमा भारतको बहराइच जिल्ला मधुवापुरका अन्दाजी ३२ वर्षिय संजय गौतम, ६० वर्षिय राजकुमार हरिजन र ४९ वर्षिय गोपाल हरिजन रहनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जनाकारी दिनुभयो । आठबीसकोट नगरपालिकाको आग्रह जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टर आएको हो । हेलिकोप्टरको भाडा आठबीसकोट नगरपालिकाले तिर्ने बताइएको छ ।

निर्माणको काम गरिरहेको बेला आज बिहान १२ः४० बजेतिरको समयमा पुल भाँचिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बहराइचको मधुवापुरकै अन्दाजी ३५ वर्षिय पुर्षोतम राजकुमार र अन्दाजि ४० वर्षिय धर्मेन्द्र गौतम रहेको श्रेष्ठले बताउनुभयो । पुल निर्माणमा ९ जना खटिएका थिए । अन्य ४ जनाको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update