रुुकम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ९ का विभिन्न टोलमा १० वटा गोरेटो बाटो निर्माण गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गत वडाको होलतारा, जोइखोला, लिंगुर टोलमा १० वटा गोरेटो बाटो निर्माण गरिएको हो । उक्त टोलमा १० वटा गोरेटो बाटोसंगै पर्खाल र पिसिसी सिँढी पनि निर्माण गरिएको मुसीकोट नगरपालिकाका प्राविधिक गोपाल रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपभोक्ता समिति मार्फत स्थानीयले नै गोरेटो बाटो निर्माण गरेका हुन् । बाटो निर्माणको काम सकिएकाले नगरपालिकाले अनुगमन समेत गरिसकेको छ । अनुगमनका क्रममा बाटो मापदण्ड अनुसार निर्माण नभएकाले सुधार गर्न समेत नगरपालिकाले निर्देशन दिएको थियो । गोरेटो बाटो पुनः सुधार गरी निर्माण कार्य सम्पन्न भइसकेपछि बाटोको नापजाप पनि भइरहेको जनाइएको छ ।
बाटो निर्माण भएपछि वर्षातको समयमा आवजजावत गर्न, पशुचौपाया हिडाल्न सहज हुने स्थानीय अर्जुन खड्काले बताउनुभयो । जगंलमा समेत गोरेटो बाटो निर्माण भएकाले घाँस, दाउरा लिन पनि सहज हुने उहाँले बताउनुभयो । बाटो निर्माणका लागि मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गत १५ लाख बजेट प्राप्त भएको छ । नगरपालिकाले १५ लाख २२ हजार ६८ रुपैयाँको लागत अनुमान गरेको मुसीकोट नगरपालिका प्राविधिक रावतले बताउनुभयो ।