Kakhara सबैको खबर सम्पूर्ण खबर
के हो मोतिविन्दु र कसरी उपचार गर्ने

आँखा भित्र  प्राकृतिक लेन्स हुन्छ । यस प्राकृतिक लेन्सले क्यामाराको कृत्रिम लेन्सले जस्तै प्रकाशको किरणलाई आँखाको पर्दामा केन्द्रित गर्ने काम  गर्छ, जसले गर्दा हामी वस्तुलाई देख्न अनि छुट्याउन सक्छौं ।

मानिसको जन्मसँगै प्राकृतिक रूपमा हाम्रो आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा (सामान्य भाषामा) विस्तारै काम गर्न छोड्छ र आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउछ र यस्तो अवस्थालाई मोतीबिन्दु भएको भनिन्छ ।

अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु र बिस्तारै नजिकको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो भएमा मोतिबिन्दुको समस्या हुन सक्छ ।

प्रायः उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो देखिने गर्छ । साधारणतया मोतिविन्दु जीवनको उत्तरार्धमा देखिन्छ ।

मोतिबिन्दु (Cataract)लाग्नुको कारणहरु? 

  • ‌Diabetes (मधुमेह-चिनी रोग) तथा Hypertension (उच्च रक्तचाप) जस्ता रोगका कारण
  • ‌९९ प्रतिशत कारण बढ्दो उमेर 
  • पोषण तत्वको कमी 
  • जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रिया 
  • ‌वंशाणुगत कारण
  • बच्चा जन्मनु भन्दा अगाडि आमाको पेटमा भएको संक्रमण (infection) कारण
  • चोटपटक लागेर 
  • घामको विकीरणले गर्दा
  • ‌आँखा भित्र हुने पानीको खराबी 
  • अत्यधिक धूम्रपानका कारण।

unnamed1682562173.jpg

मोतिबिन्दुका लक्षणहरू

  • ‌दृष्टि धमिलो भएर जाने 
  • उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने 
  • एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
  • आँखाको नानीभित्र सेतो देखिने 
  • अँध्यारोमा झन् कम देख्ने
  • चश्माको पावरमा परिवर्तन आइरहने 
  • रंगहरू फरक देखिन थाल्ने  
  • राति आँखा नदेख्ने
  • सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने ।

उपचार
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीको प्रयोग बाट ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धेरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।

शल्यक्रिया भनेको पुरानो धमिलो प्राकृतिक लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । यो सानो तर सुरक्षित शल्यक्रिया हो । मोतिबिन्दुको कारणआँखाको दृष्टिमा समस्या भएमा शल्यक्रियाबाट पूर्ण रूपमा ठिक हुन सक्छ ।

तर समयमै मोतिबन्दुको उपचार भयन भने दृष्टि धातक रोग ‘जलबिन्दु’ को शिकार भइन सक्छ । त्यसैले समयमै उपचार गरौँ र दृष्टि सुरक्षित राखौँ ।
 

हजुरको दृष्टिहाम्रो प्रतिवद्धता 

मन्दिप गौतम 

दृष्टि विशेषज्ञ (Optometrist)

आँखा स्वास्थ्य सेवा तथा चस्मा घर

(आँखा उपचार केन्द्र)

मुसिकोट नगरपालिका, १-खलंगा रुकुम (पश्चिम)

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update