नेकपा माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारी नगर कमिटिको पहिलो बैठक बसेको छ । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताईदिएपछि माओवादी केन्द्रको पहिलो बैठक बसेको हो । वडा नं. २ स्थित गौतम होटलमा पार्टी वडा इन्चार्ज, अध्यक्ष र सचिव सहितको बैठक बसेको छ । बैठकमा सबै वडाले राजनितिक, सांगठनिक र आर्थिक बिषयमा प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन माथिको छलफल पछि बैठकले चौरजहारी नगर कमिटि नेकपा हुँदाकै टिम रहेको निष्कर्ष निकालेकाे छ ।
अधिकांश वडा र नगर पार्टीमा पार्टी एकताकै टिम छ । नेकपा एमालेबाट नेकपाको नगर सचिव बन्नुभएका नगर पार्टी सचिव बिरबहादुर राना, एमाले निकट खुम भण्डारी, प्रेम शाह, नारायण खनाल, कृष्णलाल बिक, नारायण शर्मा लगायत माओवादी केन्द्रको नगर कमिटि बैठकमा सहभागि हुनुहुन्थ्यो । बैठकलाई सम्बोधन गर्दै जिल्ला पार्टी अध्यक्ष गोपाल शर्मा ‘अनल’ ले फुटेर जित सम्भव नभएकोले पार्टी एकताकै टिम आधिकारिक भएको र कसैलाई पार्टी प्रवेश गरेजस्तो अनुभव नगर्न आग्रह गर्नुभएको थियो । त्यस्तै शर्माले रुकुमबाट समाजवाद सुरु गर्ने जिम्मा काँधमा आएकोले सबैलाई एक भएर लाग्न समेत निर्देशन दिनुभएको थियो ।