Kakhara सबैको खबर सम्पूर्ण खबर
धौलागिरी-ढोरपाटन क्षेत्रलाई पर्यटकीय हब बनाउन हाइडबाट बहस
रुकुमपूर्वको भूमे गाउँपालिका र बाग्लुङको निसीखोला गाउँपालिकाको बुकी पाटन सीमा क्षेत्रबाट देखिएको म्याग्दीको धौलागिरी हिमालका हिमशृङ्खला । तस्बिरः कखरा ।

शनिबार लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा र गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी जिल्लाका एकआसपमा सीमाना रहेका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि यिरनेता अर्थात् पातिहाल्ने पुगे । एउटा ठूलै टिम अन्तर जिल्ला मात्र नभई अन्तर प्रदेशका स्थानीय सरकारका प्रमुख सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि यिरनेता पुगेका हुन् । यिरनेता एक उच्च (हाइड) बुकी पाटनको रुपमा अवस्थित रहेको छ । यस स्थान समुन्द्र सतह देखि तीन हजार मिटर भन्दा बढि आसआसपको उच्चाइमा रहेको छ ।

यहाँ बाह्रैमास चिसो हावापानी रहेको छ । जुन ठाउँमा यहाँ अहिले पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । सुविधा सम्पन्न दुई होटेल रहेको छ । जहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् । गएको शनिबार हाइड स्थानमा अवस्थित रहेको यिरनेतामा अन्तर जिल्लाको मात्र नभई अन्तर प्रदेश स्तरीय हाइड स्तरकै धौलागिरी-ढोरपाटन क्षेत्र विकास वृहत् परियोजनाको बारे बहस भएको छ । 


त्यहाँ पुगेका टिमले धौलागिरी-ढोरपाटन क्षेत्र आपसापका पर्यटकीय ठाउँलाई प्रचारप्रसार गरेर कसरी पर्यटकीय हबको रूपमा विकास गर्न सकिन्छ भन्ने अध्ययनका लागि छलफल गर्न यिरनेता पुगेका थिए । यिरनेता पुगेका सबैले एउटै स्वर रहेको थियो -“पर्यटकीय क्षेत्रले भरिपूणर् म्याग्दीको धौलागिरी हिमाल रेन्ज अन्तर्गतका रुकुमपूर्व, रोल्पा र बाग्लुङ जिल्लाका लेकाली पर्यटकीय स्थललाई कसरी साझा रूपमा विकास गर्न सकिन्छ ? र त्यसबाट स्थानीयको आयस्रोत बनाउन सकिन्छ ?” यी चार जिल्लाका सीमानामा रहेका पर्यटकीय स्थलहरू ढोरपाटन सिकार आरक्ष, यिरनेता (पातिहाल्ने), तीन हजार दुई मिटर उच्चाइमा रहेको तिलाचन ताल र रमाइलो दृश्य अवलोकन गर्न सकिने मनोरम बुकी पाटनलाई पर्यटकीय हब बनाइ चार जिल्लालाई नै पर्यटकीय जिल्लाको रूपमा चिनाउने छलफलको निष्कर्ष निकालेका छन् । 


यी क्षेत्र मध्यपहाडी लोकमार्गको पहुँच भएकाले यस क्षेत्रलाई विकास गर्ने सजिलो रहेको छ । भूमे गाउँपालिका-१ का वडाध्यक्ष मनकाजी पुन मगरका अनुसार हाल पर्यटकीय स्थलको पूर्वाधार तयार नभएको अवस्था पनि यी ठाउँमा पर्यटकीय गतिविधि बढिरहेका छन् । एक सिमित गाउँपालिकाको मात्र पहलमा मात्र नभई समग्र राष्ट्रिय स्तरको पर्यटन विकासका लागि सीमानासँग जोडिएका जिल्ला र प्रदेश तहको छलफलले पर्यटन विकासमा ठूलो सफलता मिल्ने वडाध्यक्ष पुन मगरको भनाइ रहेको छ । 

धौलागिरी-ढोरपाटन क्षेत्र वृहत् विकास परियोजना मार्फत अन्तर प्रदेश स्तरीय पर्यटकीय हबका रूपमा विकास गर्ने परिकल्पना गरिएको विश्व सांस्कृतिक ग्रामका अभियन्ता कृष्ण केसीले बताउनुभयो । धौलागिरी-ढोरपाटन क्षेत्र वृहत् विकास परियोजना निर्माणको प्रस्तावक नै विश्व सांस्कृतिक ग्रामका अभियन्ता केसी हुनुहुन्छ । 


धौलागिरी-ढोरपाटन क्षेत्रको प्राकृतिक, सांस्कृतिक, जैविक एवम् मानव निर्मित सम्पदाको संरक्षण तथा प्रर्वद्धन गर्दै उत्पादन अभिवृद्धि, तिव्र विकास, नव निर्माण र समृद्धिका आधारशिला निर्माण गरी यस क्षेत्रलाई विश्व मानचित्रमा आर्कषित रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा चिनाउन धौलागिरी-ढोरपाटन वातावरणमैत्री पर्यटकीय चक्रपथ सञ्चानलनका लागि परिकल्पना गरिएको केसीले बताउनुभयो । यस ठाउँको विकास प्रचारप्रसार र दिगो पर्यटकीय सम्भावनाको विषयमा अन्तर प्रदेशका रूपमा रहेको चार जिल्लाका जनप्रतिनिधि बिच वृहत् छलफल भएको छ । 


अभियन्ता केसीले यी सीमावर्ती जिल्ला लगायतका अन्य जिल्लामा साझा ढङ्गले पर्यटकीय हब निर्माण गर्नका लागि सबैलाई एकजुट बनाउनका लागि पहल थालेको बताउनुभयो । तराई, पहाड र हिमालसँग जोडिएको भूगोल भनेको नै धौलागिरी-ढोराटन क्षेत्र भएकोले यस क्षेत्रलाई पर्यटन विकासका लागि सबै सरोकारवाला निकायले लगानीको वातावरण निर्माण गरेकामा नेपालको मात्र नभई विश्वकै प्रख्यात पर्यटकीय स्थल हुने केसीको भनाइ रहेको छ । 


परियोजनाले सार्थकता पाएमा जडीबुटी प्रशोधन केन्द्र,  मासुको पूर्ति, प्राकृतिक सौन्दर्यता, आरक्षसँगै खुला चिडियाखाना, प्राकृतिक सहरको स्थापना गरी पर्यटकलाई भित्र्याए रोजगारको सिर्जना हुने भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । धौलागिरी-ढोरपाटन क्षेत्र वृहत् विकासको गुरुयोजना, डीपीआर र गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशको मिलन विन्दुको रूपमा पर्यटकीय हब बनाउनका लागि छलफलबाट अनुमानित लागत समेत तयार गरिएको छ । 


यही वैशाख २२ गते ढोरपाटन सिकार आरक्षको केन्द्रमा गई साझा घोषणापत्रको आधाकारिक रूपमा घोषणा गर्ने छलफलबाट निणर्य गरिएको म्याग्दीको धौलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । यसैगरी जेठको पहिलो साता लुम्बिनी, गण्डकी र कणर्ाली प्रदेशका मुख्यमन्त्री कार्यालय र सङ्घीय सरकारको प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गर्ने निणर्य गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । 


धौलागिरी-ढोरपाटन क्षेत्र वृहत् विकास परियोजनाबारे छलफलमा विश्व सांस्कृतिक ग्रामका अभियन्ता केसीले आफ्नो धारणा पत्र प्रस्तुत गर्नु भए अनुसार धौलागिरी-ढोरपाटनलाई वेस क्याम्पको रूपमा विकास गरेर धौलागिरी रेन्ज देखि बाग्लुङको ढोरपाटन हुँदै रुकुमपूर्व, उपल्लो डोल्पा, रुकुमपूर्वको भूमे गाउँपालिका-बाग्लुङको निसीखोला गाउँपालिका-रोल्पा थबाङको जलजला-रुकुमपूर्व सिस्ने गाउँपालिकाको रुकुमकोट कमलताल, कणर्ाली प्रदेश रुकुम पश्चिमको स्यार्पुताल लगायत आसपासका क्षेत्रको रूपरेखा अनुसार धौलागिरी-ढोरपाटन क्षेत्रको पर्यटकीय हबका लागि सम्बन्धीत प्रदेश, जिल्ला र स्थानीय सरकार एकजुट भएर योजना निर्माण गरी काम गर्नु पर्ने भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगरको सुझाव रहेको छ । 


प्रस्तावित परियोजनालाई मूर्तरूप दिनका लागि संयोजन समिति गठन गरिएको छ । जसको संयोजनमा अभियन्ता कृष्ण केसीलाई तोकिएको छ भने सदस्यमा म्याग्दीको धौलागिरी गाउँपालिका, बाग्लुङको तमानखोला, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, रुकुमपूर्वको भूमे, पुथाउत्तरगङ्गा गाउँपालिका, रोल्पाको थबाङ र सुनछहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष संयोजन समितिको सदस्य रहनुभएको छ । भने सल्लाहाकार समितिमा सम्बन्धीत जिल्लाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र विभिन्न राजनीतिक तथा बुद्धिजीविलाई राखिएको छ । 


यिरनेताको वृहत् छलफलमा म्याग्दीको धौलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, बाग्लुङको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिराकुमारी छन्त्याल, निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेमबहादुर घर्ती, रुकुमपूर्वको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्इष पुनिराज घर्ती मगर, रोल्पाको थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगर यसैगरी गण्डकी प्रदेशका निवर्तनमा प्रदेश सभा सदस्य खिमविक्रम शाही, भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगर र विश्व सांस्कृतिक ग्रामका अभियन्ता एवम् धौलागिरी-ढोरपाटन क्षेत्र वृहत् विकास परियोजना निर्माणका प्रस्तावक कृष्ण केसी लगायतको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update