Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबल सुरु 

सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल सुरु भएको छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा प्रतियोगिताको उद्घाटन गर्नुभयो । एक औपचारिक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन समारोह आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम बि.एम.को अध्यक्षतामा भएको हो ।

प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । जसमा विभागिय टिम सशस्त्र प्रहरी (एपिएफ), सर्खेत, सल्यान, रोल्पा, प्युठान र रुकुम पश्चिम रहेका छन् । रुकुम पश्चिमका ६ वटा टिम रहेको आयोजकको भनाई छ । 

प्रतियोगिता वैशाख २४ गतेसम्म संचालन हुने छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंया पाउने छ । उप विजेताले २ लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १र१ लाख नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५र५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता हेर्नका लागि १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update