महालक्ष्मी विकास बैंक रुकुम पश्चिमले रुकुमेली क्याम्पस मुसिकोटमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बि.बि.एस. प्रथम बर्षका विद्यार्थी माँझ वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरादायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बैंकले जनाएको छ । कार्यक्रमको प्रस्तुतिकरण शाखा प्रबन्धक खगेन्द्रकुमार बुढाले गर्नुभएको थियो भने संचालन विभाग प्रमुख कमल शर्मा, ग्राहक सेवा अधिकृत नरेन्द्र बुढा मगर तथा कर्जा अधिकृत हरेश कुमार ऐरले गर्नुभएको थियो ।
समग्रमा वित्तीय जनचेतना अभिबृद्धि गर्नका लागि बैंक भनेको के हो, बचत किन गर्ने, पारिवारिक वित्तीय योजना कसरी गर्ने, विद्यार्थी बचत योजना कसरी गर्ने, कर्जा के हो, आधुनिक बैंकिङ सेवा सुबिधा लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको शाखा प्रबन्धक खगेन्द्रकुमार बुढाले बताउनुभयो ।
बैंकले आधुनिक बैंकिङ सुबिधा नेपाल अधिराज्यभर १ सय ३ वटा शाखा तथा ४९ वटा ए.टि.एम. मार्फत प्रदान गरिरहेको जानकारी समेत गराएको थियो ।