Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती लोकमार्गको बैरागिठाँटीमा पक्की पुल निर्माण
साँख खाेला माथि निर्माण भएकाे पक्की पुल ।

राप्ती लोकमार्ग अन्तरर्गत मुसीकोट नगरपालिका वडा नम्बर ४ र ११ जोड्ने साँखखोला माथि निर्माण भएको बौरागीठाँटीको पुल सञ्चालनमा आएको छ । वर्षौंसम्म बेलिब्रिजबाट यातायातका साधन वारपार गरेपनि अव भने पक्की पुल सञ्चालनमा आएको हो । पक्की पुल नबन्दा वर्षौसम्म यातायातका साधन बेलिब्रिजबाट जोखिम मोलेर वारपार गर्ने गरेका थिए । 

अव भने पक्की पुल निर्माण भएपछि ढुक्कसंग पुलबाट वारपार गर्ने गरेको बस सञ्चालक भास्कर केसी बताउनुहुन्छ । जिर्ण अवस्थाको पुलबाट वारपार गर्दा दुर्घटना हुने होकी भन्ने डर हुन्थ्यो अव भने पक्की  पुल सञ्चालनमा आएपछि ढुक्कसंग बस वारपार बनाउन सहज भएको छ, उहाँले भन्नुभयो । 

यो पुलको लम्बाई ३५ मिटर र चौडाई ११ मिटर रहेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी रिकेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि २०७४ साल असार २८ गते सम्झौता भएको थियो । 

सम्झौता अनुसार पुल निर्माणको काम २०७९ साल पुस २५ गते सम्पन्न गरिसक्नु पर्ने भए पनि केही निर्माणको काम अझै बाँकी रहेको उहाँले बताउनुभयो । अब पुलको दुबै पट्टी बोर्ड राख्न, पुल नजिकको सडक खण्ड कालोपत्रे गर्न बाँकी छ । 

यातायातका साधनलाई पुलबाट वारपार गर्न समस्या नभएकाले यातायातका साधन सञ्चालन भइरहेका छन । पुल निर्माण गर्न इलाइट सुर्य जेभिले ११ करोड १० लाख ६१ हजारमा जिम्मा लिएको थियो । सल्यानको पटारे र यो पुलका लागि एउटै ठेक्का लागेको थियो । 

पुुल निर्माणको काम अन्तिम चरणमा पुगेको बेला २०७८ साल असारमा आएको भलले पुल भत्कादिएको थियो । उक्त पुल पुनः निर्माण गरेर सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update