रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खुम्चेरीमा रहेको स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध भएको छ । वडा कार्यालयको पहलमा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्यका सामग्री उपलब्ध भएको हो । एउटा अक्सिजन कन्सन्टेटर, ४ वटा बिपी सेट, ५ वटा पल्स अक्सिमिटर, औषधी लगायत ५ सय पिस माक्स पनि स्वास्थ्य चौकीलाई प्राप्त भएको वडा अध्यक्ष नन्नराम बाँठाले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा पहिलो पटक अक्सिजन कन्सन्टेटर उपलव्ध भएको स्वास्थ्य चौकी प्रमुख कृष्ण ओलीले जानकारी दिनुयभो । उहाँका अनुसार स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्टेटर उपलव्ध भएसंगै नवजात शिशु, दमका रोगी र दिर्घरोगीहरुलाई अक्सिजनको मात्रा कमि भएको बेला अक्सिजन दिन सहज हुने भएको छ ।
पल्स अक्सिमिटर पनि उपलब्ध भएकाले विरामीहरुको शरिरमा भएको अक्सिजनको मात्रा, मुटुको धड्कन नाप्नमा सहज हुने उहाँले बताउनुभयो । स्वास्थ्य चौकीलाई औैषधी लगायत अन्य स्वास्थ्य सामग्री प्राप्त भएकाले विरामीको उपचारमा अव पहिलेको भन्दा सहज हुने स्वास्थ्य चौकी प्रमुख ओलीको विश्वास छ ।