Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई दिनमा झण्डै दुई सय जनाको आँखाको अप्रेशन
आँखाको अप्रेशन गरेकाहरु ।

रुकुम पश्चिमका झण्डै २ सय जनाको आँखाको अप्रेशन भएको छ । निःशुल्क शिविर आयोजना गरी १ सय ७८ जनाको मोतियाविन्दुको अप्रेशन अर्थात शल्यक्रिया भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, सल्ले स्थित आँखा उपचार केन्द्रमा दुई दिन सम्म चलेको निःशुल्क आँखा अप्रेशन शिविरमा उनिहरुको मोतियाविन्दुको अप्रेशन गरिएको हो ।

पहिलो दिन १ सय २२ र दोस्रो दिन शुक्रबार ५६ जनाको मोतियाविन्दुको अप्रेशन भएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । यसका अतिरिक्त आवश्यक परेमा निःशुल्क आँखा जाँच र उपचारको सेवा पनि प्रदान गरिएको आँखा उपचार केन्द्र प्रमुख केसीले जानकारी दिनुभयो । बिहीबार पहिलो दिन १ सय २२ जनाको आँखाको शल्याक्रिया गरिएको थियो भने ४ सय ८८ जनाले ओपिडी सेवा लिएका थिए ।

त्यस्तै शिविरको अन्तिम दिन शुक्रकार २ सय ५३ जनाले ओपीडि सेवा लिएका छन्, भने ५६ जनाको मोतियाविन्दुको अप्रेशन गरिएको छ । शिविरमा डाक्टर सुलक्ष्मी कटुवालको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । मुसीकोट नगरपालिका र एन.ए.बि.पि आई केयर नर्वेको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सल्लेले शिविर आयोजना गरेको हो ।

यसै सन्दर्भमा जिल्ला कारागार रुकुमका ७६ कैदी/बन्दीको पनि आँखा जाच गरिएको छ । शुक्रबार सल्ले उपचार केन्द्रको प्राविधिक सहयोगमा कारागारमै गएर उनिहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँचको क्रममा अधिकांशलाई चस्मा लगाउनु पर्ने समस्या देखिएको र २ जनालाई मोतियान्दिुको समस्या देखिएको प्रमुख केसीले जानकारी दिनुभयो । कारागारमा रहेका ७३ पुरुष र ५ महिला कैदी÷बन्दीले आँखच जाँच गराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update