रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा द्धन्द पीडितहरुको सामुदायिक अंकपत्र निर्माण सम्वन्धि संवाद कार्यक्रम सम्पन्न भएको छ । सहकर्मी समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकामा स्थानीय सरकार र द्धन्द्ध पीडितहरुको लागि सामुदायिक अंकपत्र पनि निर्माण गरिएको छ । विभिन्न सुचकहरु राखेर अंकपत्र निर्माण गरिएको सहकर्मी समाजकी जिल्ला फिल्ड अधिकृत माया बोहोराले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकामा रहेका द्धन्द पीडितहरुसंग विभिन्न विषयमा छलफल भएको थियो । नगरपालिकामा रहेका द्धन्द पीडितहरुले सेवा प्रदायक संस्थाबाट कस्ता सेवा पाएका छन् भन्ने विषयमा पनि छलफल भएका छन् । सहकर्मी समाज र नगरपालिकाले निर्माण गरेको सुचकको आधारमा सेवा पाएका छन कि छैनन् भन्ने विषयमा पनि छलफल भएको अधिकृत बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले पनि आफुले गर्ने विभिन्न जनसरोकारका विषयमा द्धन्द पीडितलाई सहभागी गराउनु पर्ने विषयमा छलफल भएको थियो । अहिलेसम्म भएका काम र अव गर्नु पर्ने कामको विषयमा पनि छलफल भएको बोहोराले जानकारी दिनुभयो । नगरपालिकाले द्धन्द पीडितको हक हितको लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । द्धन्द पिडितको तथ्याङ्क संकलन गर्ने, योजना तर्जुमामा सहभागी वनाउने, अंकपत्रमा समावेश गरिएका सुचकको आधारमा काम गर्ने प्रतिवद्धता नगरपालिकाको रहेको छ ।
त्यस्तै सहकर्मी समाजले निर्माण गरेका सुचकमा नगरपालिकाले २ वटा सुचक थप गरेको छ । द्धन्द्ध प्रभावितहरुको पहिचान गरि नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रममा समावेश गरिने नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार यो अंकपत्रले नगरपालिकामा द्धन्द्ध पीडितका विषयमा काम गर्न सहज हुने छ ।