Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अन्तरक्रिया 

मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमले मध्यपश्चिम विश्व विद्यालयको मूल नेतृत्व तथा पदाधिकारी र क्याम्पस विच स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आज क्याम्पसले मध्यपश्चिम विश्व विद्यालका उपकुलपति सहितको टोलीलाई स्वागत संगै अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रमा क्याम्पसको भौतिक अवस्था, शैक्षिक अवस्था र सुधार गर्नुपर्ने पक्षको बारेमा छलफल भएको थियो । 

क्याम्पसमा अध्यनरत विद्यार्थीले नियमित पठनपाठन नभएको, पाठ्य पुस्तक नभएको, पानीको अभाव, शौचालयको अभाव जस्ता समस्याहरु राखेका थिए । त्यस्तै शिक्षकको अभाव, पुस्तकायलको अभाव आइटी ल्यावको अभाव रहेको पनि विद्यार्थीले उपकुलपतीको टिम नन्दबहादुर सिंहलाई अवगत गराएका थिए । 

क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, अपुग प्रध्यापकको तत्काल व्यवस्थापन हुनु पर्ने, समयमै पाठ्यपुस्तक नपुग्दा सामाजिक सञ्जालको भरमा पढनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने समेत विद्यार्थीले माग राखेका थिए ।

क्याम्पसमा भएको शैशिक तथा भौतिक अवस्था, सुधार गर्नुपर्ने पक्ष, आवश्यक रहेको भौतिक संरचना लगायतका विषयमा जानकारी बनाउँदै क्याम्पसको तर्फबाट स्वविय् अध्क्षय रमेश केसीले उपकुलपति सिंहलाई माग पत्र पेस गर्नुभएको थियो । 

उपकुलपति सिंहले बिद्यार्थीहरुका गुुनासा र माग जायज भएकाले सम्बोधन हुने बताउनुभयो । विद्यार्थीका गुनासाहरु सुनेपछि क्याम्पसलाई विश्व विद्यालयबाट प्राप्त भएको रकम चुस्त दुरुस्त हुुनुपर्ने र हर हिसाव किताव देखाउन क्याम्पस प्रमुखलाई निर्देशन दिनुभयो ।  

‘साथै उहाँले क्याम्पसलाई रकम अभाव नभएको उहाँले बताउनुभयो । क्याम्पसलाई रकम अभावै छैन रकम भएर पनि खर्च नभएको हुनसक्छ उहाँले भन्नुभयो–रकम अभाव भएको भए बजेट हामी पठाउछौं, तर महत्वपूर्ण कामहरु नरोक्नुहोस ।’ 

मध्यपश्चिम विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा पुगेर स्थलगत अनुगमन संगै शैक्षिक र भौतिक संरचनाको अवस्था, शिक्षक, विद्यार्थीहरुका गुनासाहरु सुनेर क्याम्पसहरुलाई अझ उत्कृष्ट बनाउने उदेश्य सहित आफ्नो टोली दौडाहामा निस्किएको उपकुलपति सिंहले बताउनुभयो । 

त्यस्तै कार्यक्रमको अवसरमा क्याम्पसले अतिथि लगायत क्याम्पसलाई प्रत्यक्ष रुपमा सहयोग पुर्याउने व्यक्तिलाई रुकुमका महत्वपूर्ण पर्यटकीय ठाउँको तस्विर समेटिएको मायाको चिनो समेत प्रदान गरेको थियो । क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम अध्यक्षतामा भएकोे अन्तरक्रिया कार्यक्रममा उपकुलपति सिंहको प्रमुख आतिथ्यता रहेकोे थियो । 

त्यस्तै मध्यपश्चिम विश्व विद्यालयका रजिष्टार नारायणप्रसाद पौडेल, पुर्व राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकास पुरी, पुर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर रोकाय, मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुन, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, क्याम्पसका उपप्राध्यापक तथा विद्यार्र्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update