Kakhara सबैको खबर सम्पूर्ण खबर
‘वडावासीलाई साथमा लिएर विकासमा जुटेका छौं’

साविकको भलाक्चा गाविस वडा नं. ५ र ६ तथा छिवाङ गाविसको वडा नं. ९ र ४ मिलेर बनेको छ हालको मुसीकोट नगरपालिका वडा नं. १२ । घरधुरी संख्या ३ सय ९८ रहेको वडामा करिब २ हजार २ सय जनसंख्या रहेको छ । यो वडाको नेतृत्व गरिरहनुभएको छ प्रेम ओलीले । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ओली नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । रोचक त के छ भने यो वडाका सबै ४ जना सदस्य नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुँदा अध्यक्षमा मात्र कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्रिवेणि गाउँपालिकासंग जोडिएको यो वडा न त विकासमा त्यति धेरै बलियो छ न त्यति धेरै कमजोर । साविकका पनि विकासमा अलि पछि परेका वडालाइ मिलाएर याे वडा बनेकाे हाे । कृषि यो वडाका नागरिकहरुको प्रमुख पेशा हो । गरिबि, अशिक्षाबाट यहाँका नागरिकहरु अछुतो छैनन् । वडाले समग्र विकासका लागि प्रयत्न गरिरहेको छ । वडावासीलाई संग संगै लिएर अगाडि बढ्ने प्रयासमा वडा छ । यसै अनुसार वडाले अहिलेसम्म साढे ६ करोड बजेट खर्च गरेको छ । संघ, प्रदेश र वडापालिका र विभिन्न संघ संस्थाहरुको गरेर यति मात्रामा बजेट खर्च भएको हो ।

पहिलो प्राथमिकतामा शिक्षा
शिक्षा वडाको पहिलो प्राथमिकता हो । गुणस्तरीय शिक्षाका लागि वडाले काम गरिरहेको छ । हालसम्म शिक्षामा करिब डेढ करोड रकम खर्च भएको छ । वडामा १ मावि र २ आधारभुत गरी ३ वटा विद्यालय छन् । जनकल्याण मावि काँसपोखरी, नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमारु र बालविकास आधारभुत विद्यालय डाँडागाउँ । मावि काँसपोखरीमा ५० लाखको ४ कोठे विद्यालय भवन बनेको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा २० लाखको २ कोठे भवन निर्माण हुँदा बालविकास आधारभुत विद्यालयमा १६ लाख लागतमा २ कोठे ट्रस्ट भवन निर्माण भएको छ । तीन वटै विद्यालयमा घेराबार, खेल मैदान निर्माण, बालमैत्री शौचालय निर्माण, डस्टविन वितरणका साथै फर्निचर व्यवस्थापन, जेहेनदार, विपन्न तथा दलित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग भइरहेको छ । बाल दिवश र शिक्षा दिवशका अवसरमा विभिन्न कार्यक्रम पनि हुने गरेका छन् ।

जनप्रतिनिधि आएपछि नै वडामा ८ जना करार र अनुदान शिक्षक नियुक्त भएका छन् । शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको अवस्था बुझ्न र देखिएका समस्या समाधानका लागि विद्यालय अनुगमण, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुका विचमा अन्तरक्रिया कार्यक्रमहरु भइरहेका छन् । किशोर किशोरीलाई अभिमुखिकरण कार्यक्रम गर्ने गरिएको छ । जनकल्याण मावि काँसपोखरीमा विद्यालय नर्सिङ कार्यक्रम संचालनमा छ । यसबाट विद्यार्थीहरुको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुगेको छ । वडाले विद्यालयहरुलाई विभिन्न खेलकुद सामग्रिहरुको व्यवस्था पनि गर्ने गरेको छ ।

एक घर एक करोसाबारी
वडा कृषि उत्पादनका हिसावले महत्वपूर्ण छ । यहाँको प्रमुख बाली मकै, गहुँ र धान हुन । यसका अतिरिक्त ताजा तरकारीका लागि पनि वडा उपयुक्त मानिन्छ । कृषिमा व्यवशायिकरणका लागि वडाले एक घर एक करेसावारीको अवधारणा लिएको छ । जसअनुसार वीउ वितरण, समुह, सहकारीहरुलाई तालिम प्रदान गरेको छ । वडालाई भैंसी पकेट क्षेत्र घोषणा गरिएको छ । यहि कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा भैंसी वितरण गर्ने तयारी छ । राम्रो गर्ने कृषकहरुलाई प्रोत्साहनका लागि वडाले विभिन्न निकायमा सिफारिस गर्ने गरेको छ । जसअनुसार पुश सेवा कार्यालयबाट वडामा रहेको ओली भैंसी फर्मले ५ लाख अनुदान पाएको छ । वडाले वर्षमा १ पटक टोल टोलमा पुगेर बाख्रालाई पिपिआर लगायतको खोप दिने र पशुलाई आवश्यक औषधि वितरण गर्ने गरेको छ । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि वडाले सहजिकरणको भुमिका निर्वाह गर्ने गरेको छ । वडाका किसानहरुले विभिन्न कृषि औजारहरु पनि अनुदानमा पाईरहेका छन् । कृषकहरुलाई एकीकृत गर्ने, समस्यामा पैरवि गर्ने गरी वडास्तरीय कृषक समिति गठन गरेर काम भइरहेको छ ।

एक घर, एक धाराको अवधारणा
वडाले एक घर एक धाराको अवधारणा लिई काम गरिरहेको छ । सुरुमा मुहान संरक्षणमा लागेको वडा हाल भने घर घरमा खानेपानीका धारा पुर्याउन लागि परेको छ । जुम्लावाङ र खारकोट टोलमा एक घर एक धाराका लागि पाङरुङखोला–बुगेरी खानेपानी आयोजना र सिस्नेरी–खारकोट लेक–सेरेङमा खानेपानी आयोजना निर्माणको क्रममा छ । यि दुई आयोजनाका लागि कर्णाली प्रदेश सरकारबाट २० बजेट प्राप्त भएको छ । चालु आर्थिक वर्षमै काम सकि पानी वितरण गर्ने लक्ष राखिएको छ । वडाका जमारु र नयाँगाउँ टोलमा पनि एक घर एक धाराको अवधारणा सहित तुसारे– जमारु–नयाँगाउँ लिफ्ट खानेपानी आयोजना निर्माणको काम जारी छ । आयोजनाका लागि ४५ लाख बजेट प्राप्त भइसकेको छ भने अपुग बजेट माग गरिएको छ । यि आयोजना सम्पन्न भएमा वडाका सबै घरमा खानेपानीको पहुँच पुग्ने छ । वडाले अहिलेसम्म १५ वटा मुहान मर्मतका साथै पाईपको व्यवस्था गरी वडावासीलाई खानेपानीको सुविधा पुर्याएको छ ।

हाम्रो वडामा अशिक्षा र गरिबि ठुलो समस्याका रुपमा छ । जसका कारण केहि मान्छेहरु गलत बाटोमा गएका छन् । सामाजिक विकृति बढ्दो छ । मान्छेहरु कुलतमा छन् । सामुहिक भावना छैन् । खाली सरकारकै मात्र भर पर्ने गरेका छन् । सबैको माग पुरा गर्न सकिएको छैन् । सरकारले सबै कुरा पुर्याइदिनुपर्छ भन्ने भावना छ । आफुले गर्नुपर्छ भन्ने भावनाको विकास भएको छैन् ।

सिंचाई विस्तारको योजना
हालसम्म सिंचाईका ३ वटा योजना सम्पन्न भएका छन् । १५ लाखको काईयोखोला–जुम्लावाङ सिंचाई आयोजना, १० लाखको हरले–पुरेनचौर सिंचाई आयोजना, ५ लाखको हरले–बाँसठाना सिंचाई आयोजना रहेका छन् । अन्य साना साना कृषि सिंचाईका योजना पनि सम्पन्न भएका छन् । वडाको करिब २५ प्रतिशत भुभाग सिंचाईको पहुँचमा पुगेको छ । बाँकी रहेका ठाउँमा सिंचाई विस्तारका लागि पनि वडाले काम गरिरहेको छ । वेशिमा नहर सिंचाई तथा लेकहरुमा लिफ्ट सिँचाईका लागि विभिन्न निकायहरुमा बजेट माग गरिएको छ ।

अधिकांश वडावासी सडकको पहुँचमा
जनप्रतिनिधि निर्वाचित हुँदा वडाका कुनैपनि टोलमा सडक पुगेको थिएन् । हाल अधिकांश ठाउँ सडक सञ्जालमा जोडिएका छन् । सडकका ५ वटा योजना सम्पन्न भएका छन् । नारीखोरीया–जमारी–नयाँ गाउँ हुँदै मुसीकोट १३ जोड्ने सडक करिब १ कोरोडमा, पुरेनचौर–नेपाल राष्ट्रिय आधारभुत विद्यालय हुँदै नयाँ गाउँ सडक १६ लाखमा, पिपलबोट–जुम्लावाङ–बगेरी हुँदै त्रिवेणि ७ जोड्ने सडक ३० लाखमा, जुम्लावाङ–काँसपोखरी–पितिवाङ, खारकोट हुँदै त्रिवेणि ७ जोड्ने सडक ८० लाखमा र खारकोट–बुगेरी–रातापहर हुँदै सिम्रुत जोड्ने सडक १२ मा निर्माणको काम भइरहेको छ । यि सडकबाट वडाका अधिकांश नागरिक सडकको पहुँचमा पुगिसकेका छन् भने निर्माण सम्पन्न हुन बाँकी सडकको काम सकिएमा सबै वडावासी सडकको पहुँचमा हुने छन् । वडालाई मध्य भागबाट चिर्दै वैरागिठाँटी, वडा स्वास्थ्य भवन, पेउघा नुवाकोट हुँदै प्रदेश राजधानी सुर्खेत जाने १० मिटर चौडाई भएको मुख्य सडक पनि निर्माणाधिन छ । यो सडकले वडावासीलाई थप सहज बनाउने छ ।

सबै घरमा बिजुली
सबै वडावासी बिद्युतको पहुँचमा छन् । स्थानीय तहको निर्वाचन पूर्व २ टोलमा मात्र विद्युतको पहुँच रहेकामा हाल भने सबै घरमा बिद्युत पुगेको छ । केन्द्रीय प्रशारण लाईनबाट जमारु, नयाँगाउँ र जुम्लावाङवासीले सेवा लिईरहेका छन् भने खारकोट टोलमा स्थानीय सिम्रुतखोला जलविद्युत आयोजनाबाट बत्ति बालिरहेको छ । वडाले विद्युत विस्तारका लागि नगरपालिका सहित अन्य ठाउँमा माग गरेपछि सबैतिर बिद्युत विस्तार भएको हो ।

स्वास्थ्य पनि प्राथमिकतामा
सबै वडावासीलाई आधारभुत स्वास्थ्य सेवा दिनका लागि वडा तत्पर छ । आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भई सेवा सुरु भइसकेको छ । गरिब तथा विपन्न १२ परिवारको निशुल्क स्वास्थ्य वीमा वडाले गरिदिएको छ । वडाले वर्षमा १ पटक नियमित निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने गरेको छ । सबै विद्यालयहरुमा मास्क, साबुन, सेनिटाईजर, थर्मल गण लगायतका स्वास्थ्य सामग्रिहरु वितरण भएको छ । स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आफ्नो टोलका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न टोल टोलमा परिचालन गर्ने गरिएको छ । त्यस्तै सुनाैला हजार दिनका आमाहरूलालाई कुखुरा, अण्डा लगायतका पोषिला खानेकुराहरु वितरण पनि गरिएको छ । त्यस्तै सुनाैला हजार दिनका आमाहरूलालाई कुखुरा, अण्डा लगायतका पोषिला खानेकुराहरु वितरण पनि गरिएको छ ।  

सबै टोलमा गोरेटो बाटा
वडाका सबै टोलमा गोरटो बाटो निर्माण तथा मर्मत गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा वडाको बजेटबाट ५ वटा गोरेटो बाटाहरु मर्मत तथा निर्माण भएका छन् । अव यि बाटोहरुलाई आरसिसी ढलानको लक्ष राखिएको छ । यसका लागि वडाले बजेट व्यवस्थापनका लागि पहल गरिरहेको छ ।

विपद व्यवस्थापनमा सक्रिय
वडा विभिन्न विपद्को जोखिममा छ । पहिरो तथा बाढीको जोखिम छ । वडाले कटान र पहिरोलाई रोक्न तार जाली, पाईप वितरण गरेको छ । विद्यार्थी तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन काइयो खोलामा काठेपुल निर्माण गरेको छ । २ वटा ट्रस्ट पुल र एउटा झोलुंगे पुल पनि निर्माण भएको छ । दुई पुलका लागि माग गरिएको छ । विपद्ले पुर्याउने क्षेति तथा त्यसपछि पुनस्र्थापना र राहत तथा उद्धारका लागि नेपाली सेना लगायत संग समन्वय हुने गरेको छ ।

...........................................................................................................................................................................

यसका अलावा वडाले महिला, बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । विभिन्न सचेतनामुलक तालिम, अभिमुखिकरण लगायतका कार्यक्रम संचालन हुने गरेका छन् । महिला तथा बालबालिका सम्बन्धि विभिन्न दिवशहरु मनाउन वडाले अगुवाई र सहयोग गर्ने गरेको छ । मृगौला पिडित दुई जनालाई ५०/५० हजार रुपैंया सहयोग गरिएको छ । विपन्न नागरिकहरुलाई बेला बेलामा खाद्यान्न सहित विभिन्न राहातका सामग्रिहरु वितरण गरेको छ । धुवाँ रहित वडा निर्माणका लागि १ सय १० परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । प्रत्यक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने गरिएको छ ।

मानविय विकास सबैभन्दा ठुलो चुनौतिः अध्यक्ष ओली
निर्वाचित हुनुभन्दा पहिला धेरै कुरा सोचिएको थियो । भनेको जस्तो भएको छैन् । तर चिन्ता गरिहाल्ने अवस्था पनि होईन् । म फरक पार्टीबाट निर्वाचित भए बाँकी सदस्यहरु अर्को पार्टीबाट हुनुहुन्छ । यसले काम गर्नका लागि भने खासै ठुलो बाधा गरेको छैन् । फरक फरक विचार भएपनि मिल्नुको विकल्प छैन् । बुझाईमा फरक पर्दा कहिले काही समस्या भएपनि आम समस्या छैन् । अफ्ठ्यारालाई हल गर्दै अगाडि बढेका छौं । काम नै गर्न अफ्ठ्यारो छ्रैन् । फरक पार्टीको जस्तो अनुभव छैन् । तर पहुँचका आधारमा वडामा बजेट गएको देख्छु । फरक पार्टीको भएका कारण बजेट नआएको हो कि जस्तो लाग्छ । हुन त जति भएपनि पुग्दैन, तर असन्तुष्टि छैन् । सेवा प्रवाहमा कत्तिपनि कन्जुस्याई छैन् । सकेको सेवा जुन ठाउँमा भयो त्यहि ठाउँबाट दिएका छौं ।

हाम्रो वडामा अशिक्षा र गरिबि ठुलो समस्याका रुपमा छ । जसका कारण केहि मान्छेहरु गलत बाटोमा गएका छन् । सामाजिक विकृति बढ्दो छ । मान्छेहरु कुलतमा छन् । सामुहिक भावना छैन् । खाली सरकारकै मात्र भर पर्ने गरेका छन् । सबैको माग पुरा गर्न सकिएको छैन् । सरकारले सबै कुरा पुर्याइदिनुपर्छ भन्ने भावना छ । आफुले गर्नुपर्छ भन्ने भावनाको विकास भएको छैन् ।

अव जनतालाई एकीकृत गरेर सामुहिक भावनको विकास गरी आ–आफ्नो टोलको विकासमा लगाउँने योजना छ । गलत आचरणलाई सुधार कसरी गर्ने भन्ने मुख्य चुनौति छ । यसलाई मुख्य प्राथमिकता दिएका छौं । कसरी जनतालाई समृद्धिको बाटोमा लामबद्ध गराउने भनेर सोचिरहेका छौं । जनताको साथ विना विकास सम्भव छैन् । त्यस कारण जनतालाई साथमा लिएर विकासको बाटोमा छौं । वरोजगारी दरलाई कसरी रोख्ने र शिक्षाको स्तरलाई कसरी बढाउने भनेर घोत्लिएका छौं । यसका लागि सकेको आफैले गर्ने र नसकेको अन्य निकायमा माग गर्ने भन्ने छ । अर्को कुरा आफ्नै कार्यकालमा वडा भवन निर्माण गर्ने लक्ष राखेका छौं । डिपिआर भइसकेको छ । यि कुराहरुलाई पुरा गर्न सके आफ्नो कार्यकाल सफल भएको ठान्ने छु ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update