Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा द्धन्द्ध पीडितको लागि सामुदायिक अंकपत्र निर्माण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा द्धन्द पीडितहरुको सामुदायिक अंकपत्र निर्माण सम्वन्धि संवाद कार्यक्रम सम्पन्न भएको छ । सहकर्मी समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकामा स्थानीय सरकार र द्धन्द्ध पीडितहरुको लागि सामुदायिक अंकपत्र पनि निर्माण गरिएको छ ।

कार्यक्रम वैशाख १५ र १६ गते दुई दिन गरिएको थियो । १५ गते सेवा ग्राहीसँग सुचकको आधारमा छलफलका साथै अङ्क दिइएको थियो भने १६ गते सेवा प्रदायक र सेवाग्राहीसंग संयुक्त छलफल गरिएको थियो । विभिन्न सुचकहरु राखेर अंकपत्र निर्माण गरिएको सहकर्मी समाजकी जिल्ला फिल्ड अधिकृत माया बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकामा रहेका द्धन्द पीडितहरुसंग विभिन्न विषयमा छलफल भएको थियो । गाउँपालिकामा रहेका द्धन्द पीडितहरुले सेवा प्रदायक संस्थाबाट कस्ता सेवा पाएका छन् भन्ने विषयमा पनि छलफल भएका छन् । सहकर्मी समाज र गाउपालिकाले निर्माण गरेको सुचकको आधारमा सेवा पाएका छन कि छैनन् भन्ने विषयमा पनि छलफल भएको अधिकृत बोहोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले पनि आफुले गर्ने विभिन्न जनसरोकारका विषयमा द्धन्द पीडितलाई सहभागी गराउनु पर्ने विषयमा छलफल भएको थियो । अहिलेसम्म भएका काम र अव गर्नु पर्ने कामको विषयमा पनि छलफल भएको बोहराले बताउनुभयाे । गाउँपालिकाले द्धन्द पीडितको हक हितको लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

द्धन्द पिडितको तथ्याङ्क संकलन गर्ने, योजना तर्जुमामा सहभागी वनाउने, अंकपत्रमा समावेश गरिएका सुचकको आधारमा काम गर्ने प्रतिवद्धता गाउपालिकाको रहेको छ । त्यस्तै सहकर्मी समाजले निर्माण गरेका सुचकमा गाउँपालिकाले २ वटा सुचक थप गरेको छ । द्धन्द्ध प्रभावितहरुको पहिचान गरि गाउँपालिकाले ल्याउने नीति तथा कार्यक्रममा समावेश गरिने गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले बताउनुभयो । उहाँका अनुसार यो अंकपत्रले गाउँपालिकामा द्धन्द्ध पीडितका विषयमा काम गर्न सहज हुने छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update