रूकुम उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्व चयन भएकाे छ । आज बसेकाे १४ औं साधारण सभा तथा १२ औं अधिवेशन पछिकाे पहिलाे बैठकले पदाधिकारी चयन गरेकाे हाे । सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएकाे निर्वाचन समितिका सदस्य अधिवक्ता टेकबहादुर खड्काले जानकारी दिनुभयाे ।
अध्यक्षमा पलबहादुर खड्का निर्वाचित हुनुभएकाे छ । यसअघि उहाँले रूकुम उद्योग वाणिज्य संघकाे कार्यसंचालन समितिकाे संयाेजकका रूपमा ३ वर्ष काम गर्नुभएको थियाे । संघकाे वरिष्ठ उपाध्यक्षमा दलबहादुर खड्का निर्वाचित हुनुभएकाे छ ।
उपाध्यक्षमा रविन्द्रकुमार बिष्ट र दयाराम खत्री, महासचिवमा अनिल बुढा, सचिवमा रमेश खड्का र काेषाध्यक्षमा धनबहादुर ओली निर्वाचित हुनुभएकाे निर्वाचन समिति सदस्य खड्काले बताउनुभयाे । त्यस्तै बैठकले दिपिका चन्दलाई कार्यसमिति सदस्यमा मनाेनित गरेकाे छ । बाँकि सदस्य पछि मनाेनित गर्ने नवनिर्वाचित अध्यक्ष पलबहादुर खड्काले बताउनुभयाे ।
अब संघलाई चलायमान बनाउने उहाँले बताउनुभयो । लामाे समयसम्म अनिर्णयकाे बन्दी बनेकाे संघलाई अब चलायमान बनाएर अघि बढ्ने उहाँकाे भनाई छ । रूकुम उद्याेग वाणिज्य संघले ८ वर्षपछि नेतृत्व पाएकाे छ । ठूलाे रकम हिनामिना भएकाे भन्दै विवाद बढेपछि २०७२ देखि संघ नेतृत्वविहीन थियाे ।