रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ दाङचुङ बल्लेजुरामा सोमबार साँझ पानी सहित आएको हावाहुरीले घरको छाना उडाइदिएको छ । स्थानीय जोकबहादुर बोहराको जस्तापाताले छाएको १ तले घरको छाना हावाहुरीले उडाएको हो । घरको छाना, शौचालय संगै घरमा भएको लत्ता कपडा समेत हावाले उडाएको स्थानीय शिक्षक रुपबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हावाहुरीले लत्ता कपडा, घरमा प्रयोग भएको काठ, जस्तापाता गरेर कम्तीमा २ देखि ३ लाख सम्मको क्षेती भएको छ । घरमा ७ जनाको परिवार भए पनि ३ छोरा, १ बुहारी र १ नातिनी भारतमै बस्ने भएकाले अहिले जोकबहादुर र उहाँकी श्रीमती मात्रै रहेको उहाँको भनाई छ । हावाहुुरीले घरको छाना उडादिएपछि बोहराको दुई जनाको परिवार छिमेकीको घरमा साहारा लिएर बसिरहेको छ । सहयोगको लागि वडा कार्यालय र गाउँपालिकामा खबर गरिएको शिक्षक बुढाथोकीले बताउनुभयो ।