Kakhara सबैको खबर सम्पूर्ण खबर
एक बर्षपछि हुँदै चौरजहारी महोत्सव
पत्रकार सम्मेलन ।

रुकुम पश्चिमको चौरजहारीमा कोरोनाको महामारीले रोकिएको बृहत चौरजहारी साँस्कृतिक महोत्सव १ बर्षपछि पुनः सञ्चालन हुने भएको छ । गत बर्षको चैतमा सञ्चालनको तयारी गरिएको महोत्सव कोरोनाको कारण हुन सकेको थिए । नयाँ बर्ष २०७८ लाई मध्यनजर गरेर चैत २६ गतेदेखि बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने महोत्सव मुल आयोजक समितिले बताएको छ ।

कृषि ,व्यापार र पर्यटन विकासको लक्ष्य लिएको महोत्सवको उदेश्य भने उद्योग वाणिज्य संघको भवन बनाउने रहेको छ । महोत्सव अवधिभर भेरी नदिमा याफ्टिङ सञ्चालन गर्ने, चौरजहारीका पर्यटकीय स्थलहरुको अवलोकन गर्न मिल्ने महोत्सव मुल आयोजक समिति संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले जानकारी दिनुभयो ।

शनिबार पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा महोत्सवको आकर्षणको विषयमा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष यदुकुमार आचार्यले जानकारी गराउनुभएको थियो । यहाँको कला संस्कृति र महोत्सवमा को को कलाकार आउने भन्ने बिषयमा सांस्कृतिक संयोजक एलबी कटुवालले जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update