Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा पत्रकार महासंघकाे सदस्यता लिएका ४२ जनाकाे सदस्यता नविकरण नहुने
सदस्यता शुद्धीकरणका बारेमा छलफल गर्न डाकिएकाे बैठक ।

नेपाल पत्रकार महासंघ रूकुम पश्चिमले ठूलाे संख्यामा साधारण सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेकाे शाखाकाे नवाैं बैठकले लामाे समय देखि पत्रकारितामा निष्कृय रहेका सदस्यकाे सदस्यता नविकरण नगर्ने निर्णय गरेकाे हाे । ४२ जनाकाे सदस्यता नविकरण नगर्ने निर्णय भएकाे पत्रकार महासंघ रूकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयाे ।

नेपाल पत्रकार महासंघ रूकम पश्चिममा १ सय ३ जना साधारण सदस्यहरू रहेका थिए । ४२ जनाकाे नविकरण नहुने भएपछि अब जिल्लामा साधारण सदस्य ६१ जना रहने केसीले बताउनुभयाे । यसमा केही नयाँ सदस्य थपिएमा  संख्या बढ्न सक्ने उहाँकाे भनाई छ । कुनै समय पत्रकारितामा याेगदान गरेका तर हाल फरक पेसामा रहेका व्यक्तिहरूकाे सदस्यता नविकरण नगर्ने निर्णय भएकाे उहाँले बताउनुभयाे ।

पत्रकार महासंघ जिल्ला शाखाले गठन गरेकाे कार्यदलकाे सुझाव, जिल्लास्थित पत्रकार संघ संगठन र पत्रकार विचकाे छलफलबाट निष्कृयहरूकाे सदस्यता नविकरण नगर्ने सहमति बनेकाे महासंघकाे भनाई छ । नामका मात्र पत्रकार शुद्धीकरण गर्ने केन्द्र तथा प्रदेशकै अभियान अन्तर्गत जिल्लामा पनि अभियान चलाएकाे बताईएकाे छ । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update