रुुकम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर ८ दुलीदुधार भित्री सडकमा जिप दर्घटना परी मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ । आज बिहान लु १ त १७४७ नम्बरको जिप दुर्घटना हुदाँ ४ जनाको घटना स्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा २२ दिनको बच्चा र आमा सहित ५ जना रहेका छन् ।
दुर्घनामा परी मृत्यु हुनेमा सानीभेरीका गाउँपालिकाका वडा नम्बर ५ का ७० वर्षीय कर्णबहादुर बाँठा मगर सोहि ठाउँका ४८ वर्षीय देउचन खत्री, बाँफिकोट गाउँपालिका वडा नम्बर ८ कि सुत्केरी महिला २२ वर्षिया रेखा खनाल केसी र उनको २२ दिनको बच्चा रोशन केसी छन् ।
यस्तै २३ वर्षीया शितला कुसारीको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । अन्य ४ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । गम्भिर घाइते भएका ४ जना गाडि साहु सानीभेरी गाउँपालिका वडा नम्बर ५ का ४० वर्षाीय प्रेम बाँठा मगर, सोही ठाउँकी मृतक शितला कुसारीको २ वर्षको छोरा प्रसिद्ध कुसारी, सोही ठाउँकी २० वर्षीया अनिता केसी र २२ वर्षीय ललित बाँठा मगरलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको छ ।
नेपालगञ्ज पठाइएका घाइतेहरुको टाउको, ढाढ र हात खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमले जनाएको छ । अन्य ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ ।
सानीभेरी गाउँपालिका वडा नम्बर ५ का जिप चालक ३५ वर्षीय दिपक बाँठा मगर, सोही ठाउँकी २१ वर्षिया कल्पना केसी, १७ वर्षिया रिता खत्री, १७ वर्षिया मनिषा बस्नेत, ४६ वर्षिय गम्भीर कुसारी र सोही ठाउँकै ४६ वर्षिय कर्णविर पुनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाईतेहरुको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सुचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
१५ जना सवार रहेको जिप दुलीदुुधार भित्री सडकमा आज विहान दुर्घटना हुँदा सडकबाट ४ सय मिटर तल खसेको थियोे । बाटो चिप्लो हुदाँ ब्रेक फेल भएर जिप दुर्घटना परेको प्रहरीको प्रारम्भीक अुनुमान लगाएको जनाएको छ ।
मृतक र घाईतेका विवरण यस प्रकार रहेको छ ।
मृतक
१) सानीभेरी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ७० को कर्ण बाठा मगर
२) सोहि ठाउँकै बर्ष ४८ को देउचन खत्री
३) बाँफिकोट गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष २२ की रेखा खनाल केसी
४) बर्ष २२ की रेखा खनाल केसी.को २२ दिने बच्चा रोशन केसी
५) सानीभेरी गाउँपालिका ५ बस्ने बर्ष २३ की शितला कुसारी ।
गम्भीर घाइते
१) सानीभेरी गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय प्रेम बाठा मगर (गाडी साहु)
२) सानीभेरी गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय ललित बाठा मगर
३) सानीभेरी गाउँपालिका वडा नम्बर ५ का २० की वर्षीया अनिता केसी
४) मृतक सानीभेरी गाउँपालिका वडा नम्बर ५ की शितला कुसारीका २ वर्षीय छोरा प्रसिद्ध कुसारी
सामान्य घाईते
१) जिप चालक सानिभेरी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय दिपक बाठा मगर
२) सानिभेरी गाउँपालिका वडा नम्बर ५ की २१ वर्षीया कल्पना केसी
३) सोहि ठाउँका ४६ वर्षीय गम्भिर कुसारी
४) सोहि ठाउँका ४६ वर्षीय कर्णविर पुन
५) सोहि ठाउँकी १७ वर्षीया मनिषा बस्नेत
६) सानीभेरी गाउँपालिका वडा नम्बर ५ कै १७ वर्षीय रिता खत्री