रुकुम पश्चिमा खानी तथा भुर्गभ विभागको विज्ञ समुहले खानी तथा खनिज पदार्थको परीक्षण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० खानीडाँडा, गलमपाटी लगायत वडाका भिविन्न स्थानमा भुगर्भ विभागको विज्ञ समुहले खानी तथा खनिज पदार्थको परीक्षण गरेको हो । तामाको परीक्षण गर्न काठमाडौंबाट रुकुम पश्चिम पुगेको भुगर्भ विभागको विज्ञ समुहले १० नम्बर वडाको गलमपापाटी खानीडाँडामा तामा परीक्षण गरेको छ ।
परीक्षण गर्दा उक्त ठाउँमा तामा रहेको पाइएको वडा अध्यक्ष धनबहादुर खड्का बसन्तले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले भोटे जातीले उक्त ठाउँमा तामा निकालेको र तामा निकाल्दा उक्त व्यक्तिको सोही खानीमा पुरिएर मृत्यु भएको भन्ने स्थानीकाे भनाई छ । यसको वास्तविकताको लागि तामा छ की छैन् भनेर परीक्षण गर्न भुगर्भ विभागको विज्ञ समुहलाई बोलाएको उहाँले बताउनुभयो ।
परीक्षण गर्दा उक्त ठाउँमा तामा रहेको पाइएको र थप परीक्षणका लागि नमुना पठाइएकाे छ । प्रयोगको लागि २ प्रतिशत भन्दा बढी हुनुपर्ने भुगर्भ विभागका जियोलोजिस्ट सैनक भण्डारीले बताउनुभयाे । भेटिएको तामालाई अध्यन अनुसन्धान गरेर प्रयोग गर्न मिल्ने या नमिल्ने भनेर विस्तृृत अध्यन अनुसन्धान गर्ने उहाँले बताउनुभयाे। विस्तृत अध्यन गरेर परीक्षणका लागि भुगर्भ विभागको विज्ञ समुह अर्को वर्ष जमिन मुनी कति मात्रामा तामा रहेको छ थाहा पाउने गरी विस्तृत परीक्षणका लागि आउने बताइएको छ ।
वडा कार्यलयकोे सहयोगमा आएको भुगर्भ विभागको विज्ञ समुहले वडामा फलाम, तामा लगायतका खनिज पदार्थको समेत परीक्षण गरेको छ । जसक्रममा वडाको विभिन्न ठाउँमा धेरै मात्रामा खरी र चुन ढुङगा खानी राम्रो रहेको पाइएको छ । परीक्षण गर्दा २६ प्रतिशत फलामको मात्रा रहेको भुगर्भ विभाग समुहले जनाएको छ ।
अहिले सामान्य परीक्षण मात्रै गरिएको र खनिज पदार्थको विस्तृत परीक्षणको लागि आउँदो वर्ष कार्यक्रम बनाएर उत्खन्न गर्ने गरी आउने भुगर्भ विभागको समुहले बताएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । तामा परीक्षणको लागि काठमाडौंबाट भुगर्भ विभागका जियोलोजिस्ट सैनक भण्डारी, जियोग्राफर बसन्त अधिकारी लगायतको समुह रुकुम पुगेको छ । मुसिकोट नगरपालिकाकै वडा नम्बर ८ मा पनि खनिज पदार्थ परीक्षण गर्ने र त्यसपछि रुकुम पुर्व जाने बताइएको छ ।