Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतु क्याम्पसमा शिक्षिका बनाउन पैसा मागेको आरोप, छानविन समिति गठन

सिम्रुतु शिक्षा क्याम्पसमा शिक्षिका राख्न घुस मागेको अडिओ रेकर्ड यती बेला सामाजिक सञ्जालमा व्यापक भएकोे छ । रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर  २ सिम्रुतुमा रहेको सिम्रुतु क्याम्पसमा शिक्षिका राख्न रकम मागेको अडिओ सामाजिक सञ्जालनमा व्यापक भएको हो । अडिओ रेकर्ड सुन्दा क्याम्पसका प्रमुख सुर्यविक्रम खड्का, सञ्चालक समितिका उपाध्यक्ष सोभाराम बोहरा र शिक्षिका राख्न प्रस्ताव गर्ने मनोज बुढाथोकी  बोलेको सुनिन्छ । 

अडिओ प्रकरण सार्वजजिक भएपछि छानविन गर्न पूर्व गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काको संयोजकमा ५ सदस्यीय छानविन समिति समेत निर्माण भएको छ । क्याम्पसमा शिक्षिका राख्न रकम मागेको अडिओ रेकर्ड सबैभन्दा पहिला वैशाख २५ गते पूर्व क्याम्पस सभापती जिवन पुन मगरले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो । 

त्यतिबेला देखि क्याम्पसको सामाजिक सञ्जालमा तिव्र आलाेचना भइरहेकाे छ । घुस मागेको अडिओ रेकर्ड भने त्रिवेणी २ विमैचाका मनोज बुढाथोकीले गर्नुभएको थियो । मनोज बुढाथोकीबाट प्राप्त गरेको अडिँ रेकर्ड बाहिर ल्याउदा थुप्रै डर धम्की खेप्नु  परेको र ज्यान मार्ने धम्कीसम्म आएको  पुनले  बताउनुभयो । उहाँले भन्नुभयो तर म विचल्लित भएन र हुनेपनि छैन । पछिल्लो समय अडियोे प्रकरणमा थुप्रै  जिज्ञासा म कहाँ आएका छन् । कतै तपाई पनि प्रलोभनमा त पर्नु भएन भन्ने जस्ता, तर कसैको प्रलोभनमा परेको छैन, क्याम्पसको व्यतिथि विरुद्ध लागेको छु र लागिरहने छु । 

अडियो रेकर्ड गर्ने त्रिवेणी गाउँपालिका २ का मनोज बुढाथोकीले आफ्नो श्रीमती सुशिला बुढाथोकीलाई  क्याम्पसमा जागिर मिलाईदिन्छु भन्दै झण्डेै साडे ३ वर्ष झुलाएकाे आरोप लगाउनुभयो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष शोभाराम बोहराले सुरुमा कार्यालय सहायक, त्यसपछि पुस्तकायलमा र स्नातक तहमा स्वास्थ्य विषयको शिक्षिका हुँदै क्याम्पस प्रमुख बनाउने सम्मको आस्वासन दिएको आरोप उहाँकाे छ ।

क्याम्पसमा स्वास्थ्य विषयको शिक्षिका राख्न आफुुलाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्षले एक होटेलमा श्रीमतीलाई जागिरको लागि ३ लाख ५० हजार रकम मागेको उहाँले दाबि गर्नुभयाे । परीक्षामा सहभागी हुने ४ जनालाई ५०/५० हजार रकम दिएपछि उहाँहरु नआउने र सिधै सुशिलालाई क्याम्पसको शिक्षिका बनाउन सकिने समेत प्रमुख र उपाध्यक्षले भनेको बुढाथोकीको आरोप छ ।

रकम दिएपनि आफुले कुनै एक व्यक्तिलाई रकम नदिने र क्याम्पसको हकहितको लागि कोषमा जम्मा गरी सोही रकमबाट विद्यार्थीलाई खर्च गर्नुपर्ने बताएपछि आफ्नो श्रीमतीलाई शिक्षिका नबनाई क्याम्पस सञ्चालक समितिले अर्कै प्रक्रिया चालेको उहाँले बताउनुभयो । 

सार्वजनिक अडिओमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बोहराले २, ३ लाख रुपैयाँ खाने त होला भनेकाे प्रस्टै बुझिन्छ । शिक्षिका बनाउन आफुलाई  आस्वासन मात्रै दिएको र सोही अनुसार काम नगरेकाे बुढाथोकीकाे भनाई छ ।

यस विषमा क्याम्पस प्रमुख सुर्यविक्रम खड्का सँग बुझ्दा आफुले शिक्षक नियुक्तीको लागि कसैसंग पैसाको बार्गेनिङ नगरेको दाबि गर्नुभयाे । सामाजिक सञ्जालमा वदनियतले अडिओ राखिएकाे र पुरा नराखेर टुक्रा टुक्रा बनाएर राखिएको उहाँको भनाई छ । यदि रकम खाएर शिक्षक नियुक्ती गरिदिन्छु भनेकाे प्रमाण भए जस्तो सुकै कार्वाहि भोग्न पनि तयार रहेको खड्काले बताउनुभयो । 

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बोहरालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । छानविन ससितिले अडिओ रेकर्ड गर्ने  मनोज बुढाथोकी र अडियो सार्वजजिक गर्ने जिवन पुनलाई जेठ १२ गते ७ दिन भित्र लिखित बयान दिन र मौखिक बयानको लागि जेठ २३ गते क्याम्पसमा बाेलाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update