Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एमाले केपी समूहको युवा संघ विस्तार

नेपाल कम्युनिष्ट पार्टी एमालेको संस्थापन पक्षले रुकुम पश्चिममा युवा संघ नेपालको संगठन विस्तार गरेको छ । जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण तथा संगठन विस्तार गरिएको हो । संघका केन्द्रीय उपाध्यक्ष तिरण गौतमको प्रमुख आतिथ्यतामा भेला भएको थियो । भेलाले युवा संघको नयाँ जिल्ला कमिटि गठन गरेको छ ।

भेलाले गठन गरेको नयाँ जिल्ला कमिटिको संयोजकमा हरिबोल भारती रहनुभएको छ भने सह संयोजकमा लालबहादुर अधिकारी चयन हुनुभएको छ । जिल्ला कमिटी ७० जनाको बनाइएको छ । त्यस्तै भेलाले ६ वटै पालिकाको संयोजक र संह संयोजक पनि तोकेको छ । मुसीकोट नगरपालिकाको संयोजकमा ज्ञानेन्द्रजंग रावल, सह संयोजकमा खेममान खड्का, चौरजहारी नगरपालिकाको संयोजकमा प्रेम राना, सह–संयोजकमा गोपाल बटालालाई चयन गरेको छ ।

त्यस्तै आठविसकोट नगरपालिकाको संयोजकमा राजन शाह, सह–संयोजकमा सागर थापा, बाँफिकोट गाउँपालिकाको संयोजकमा नवराज केसी, सह–संयोजकमा रामबहादुर केसीलाई चयन गरिएको छ । सानीभेरी गाउँपालिकाको संयोजकमा टेकेन्द्र रसाईलीलाई संयोजक तोकिएको छ भने सह–संयोजक गाउँपालिकाको भेलाले चयन गर्ने बताईएको छ । त्रिवेणि गाउँपालिकाको संयोजकमा प्रकाश गिरीलाई चयन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update