Kakhara सबैको खबर सम्पूर्ण खबर
मित्रलाल स्मृति अक्षय कोषबाट २४ जना विद्यार्थीलाई शैक्षिक सहयोग  

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ को जनता माध्यमिक विद्यालय पोखरामा अध्यनरत २४ जना विद्यार्थीलाई शैक्षिक सहयोग गरिएको छ । २०७९ सालमा स्थापना गरिएको मित्रलाल केसी स्मृति अक्षय कोषबाट विद्यालयमा अध्यनरत २४ जना विद्याथीलाई शैशिक सहयोग गरिएको हो । विद्यालयमा अध्यनरत गरिव, विपन्न तथा जेहेनदार २४ विद्यार्थीलाई अक्षय कोषबाट शैक्षिक सहयोग प्रदान गरिएको स्वर्गीय मित्रलालका छोरा महेश केसीले जानकारी दिनुभयो । 
उहाँका अनुसार शैक्षिक क्षेत्रमा सहयोग पुगोस भन्ने उद्ेश्यले प्रत्यक विद्यार्थीलाई ५ सय रुपैयाँका दरले रकम प्रदान गरिएको हो । २०७९ साल जेठमा १ लाख १० हजार रकमको अक्षयकोष स्थापना गरिएको थियो । सोही रकमको ब्याजबाट प्राप्त भएको रकमलाई शैक्षिक सहयोगको रुपमा वितरण गरिएको उँहाको भनाई छ । 

बुवाको नाममा अक्षयकोष स्थापना गरी स्वाभलम्बी कृषि सहकारी संस्थामा रकम जम्मा गरेको र जम्मा गरेको रकमबाट प्राप्त भएको ब्याजबाट हरेक वर्ष विपन्न, गरिव तथा जेहेनदार विद्यार्थीलाई प्रदान गर्ने गरिएको केसीले बताउनुभयो । मित्रलालको मृत्यु भएको झण्डै २१ वर्षपछि अघिल्लो वर्ष मित्रलाल स्मृति अक्षय कोष स्थापना भएको थियो । अक्षय कोषको रकमलाई थप गर्ने प्रतिबद्धता परिवारजनले व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update