महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय रुकुम पश्चिमको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रमा सम्पन्न भएको छ । शाखा कार्यालय मुसीकोट खलंगामा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका राप्ती क्षेत्र प्रमुख कृष्णप्रसाद पोखरेलले अभिकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बीमाको अहिलेको अवस्था, बीमा किन गर्नुपर्ने, बीमाका फाइदा लगायत अभिकर्तालाई बीमा सम्वन्धी आधारभुत ज्ञान सिकाइएको थियो । देशभरमा अन्तिम १९ नम्बरमा स्थापना भएको महालक्ष्मी लाइफ इन्स्योरेन्स सेवा सुविधा तथा बोनस वितरणको आधारमा देशकै पाँचौ नम्बरमा रहेकोले ढुक्क भएर बीमा गर्न पनि राप्ती क्षेत्र प्रमुख पोखरेलले सुझाव दिनुभएको थियो ।
बीमा गर्दा सुरु सुरुमा मान्छेले अप्ठेरो मान्ने गरेपनि विस्तारै बुझदै जादा देश समृद्ध बनाउनमा बीमा क्षेत्रको महत्वपूर्ण भुमिका हुने पनि उहाँको भनाई थियो । उत्प्रेरणा तथा सम्मान कार्यक्रमा उत्कृष्ट व्यवसायी गर्ने १५ जनालाई प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिएको शाखा प्रमुख ब्यूझना पुन देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै अन्य उत्कृष्ट व्यवसाय गर्ने ११ जनालाई घडी, छाता लगायत अन्य उपहार प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै तेस्रो त्रैमासिकमा उत्कृष्ट व्यवसाय गर्ने ३ जनालाई पनि प्रमाण–पत्र तथा दोसल्लाले सम्मान गरिएको बताइएको छ । कार्यक्रम युवासंग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य लक्ष्मी केसीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा राप्ती क्षेत्र प्रमुख पोखरेलको प्रमुख आातिथ्यता रहेको थियो । त्यस्तै शाखा प्रमुख देवकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शाखाका अप्रेशन इन्चार्ज कर्णबहहादुर बिकले गर्नुभएको थियो ।