Kakhara सबैको खबर सम्पूर्ण खबर
एक दिने स्वास्थ्य शिबिरबाट साढे ५ सयले सेवा लिए 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १३ र १४ दोपाईमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । मानव बिकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पतालको आयोजना तथा मुसीकोट नगरपालिका वडा नम्वर १३ र १४ को व्यवस्थापनमा शिबिर सम्पन्न भएको हो । 

शिबिर मार्फत ५ सय ६१ जनाले स्वास्थ्य सेवा लिएको १३ नम्वर वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शिबिर मार्फत ३६० महिला र २०१ पूरुषले स्वास्थ्य सेवा पाएका छन् । शिबिरमा औषधि पनि निःशुल्क वितरण गरिएको थियो । 

शिबिरमा चौरजहारी अस्पतालका स्वास्थ्यकर्मीहरुले सेवा दिएका हुन् । आज वडा नम्वर १३ को छिवाङडाँडामा शिबिर हुने वडा अध्यक्ष खड्काले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update