रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ८ ले सामाजिक कार्यको लागि सबै टोलमा भाँडा वितरण गरेको छ । शुक्रबार वडामा एक कार्यक्रमको आयोजना गरी वडा भित्र रहेका ६ वटा टोलमा वडा कार्यालयले भाँडा वितरण गरेको हो । सामाजिक कार्य गर्दा सहज होस् भन्ने उदेश्यले सामुहिक रुपमा प्रयोग गर्न टोलबासीको सहजताको लागि भाँडा वितरण गरिएको वडाध्यक्ष खगेन्द्र बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालयबाट वितरण गरिएका भाँडाहरु सामाजिक कार्य अन्तर्गत विवाह, पुजाआजा, भोजभतेर लागायत सामुहिक रुपमा प्रयोग गर्न मिल्ने छ । वडा भित्र रहेका घर्तीगाउँ, गासनबाट आग्रबार किमीचौर, चुर्तिपाखा, सिलङगी ठाँटी खौलिबात, काप्ल खारगाउँ, स्याल काडचौर टोलमा भाँडा वितरण गरिएको हो ।
प्रत्येक टोलमा एक वटा कराई, एक गाग्री, एक वटा डेक्चि, एक वटा पराट, एक वटा डाडु र एक वटा पनियु वितरण गरिको वडा अध्यक्ष बिकले बताउनुभयो । सामग्री खरिद कार्यक्रम अन्तर्गत वडाका सबै टोलमा भाँडा वितरण गरिएको हो । वडाले निःशुल्क रुपमा भाँडा उपलब्ध गराएपछि वडावासी हर्षित भएका छन् ।