
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ३ दिने नमुना नगर युवा सांसद कार्यक्रम सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको ३ दिने नमुना युवा सासंद कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका १४ वटै वडाका युवाहरुको सहभागिता रहेको थियो ।
प्रत्यक वडाबाट एक जना महिला र एक जना पुरुष युवाहरुको सहभागिता रहेको थियो । ३ दिनसम्म सञ्चालन भएकोे तालिममा युवाहरुलाई निर्वाचन प्रक्रिया, नीति निर्माण, निर्वाचन आचार संहिता, निर्वाचनमा भाग लिने प्रक्रिया, सभा सञ्चालन गर्ने प्रक्रिया, वार्षिक योजना तथा कार्यक्रम निर्माण लगायतका विषयमा प्रशिक्षण दिइएको नमुना युवा सासंद कार्यक्रमका प्रशिक्षक आयुषा कँडेलले जानकारी दिनुभयो ।
त्यस्तै नमुना राजस्व र व्ययको वार्षिव वक्तव्य, नमुना आर्थिक विद्ययक, विनियोजन विद्ययक, नमुना युवा विद्ययक र जरुरी सार्वजनिक महत्वको प्रस्तावका विषयमा जानकारी बनाइएको थियो । प्रशिक्षण कार्यक्रमपछि सहभागिहरुलाई निर्वाचन प्रक्रियाको सबै प्रक्रिया पुरा गरेर नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले गर्नुपर्ने कामको अभ्यास गराइएको सह–प्रशिक्षक बिशाल बिष्टले जानकारी दिनुभयो ।
तालिममा सहभागि सवैलाई प्रमापत्र प्रदान गरिएको थियो । तालिमको आयोजना मुसीकोट नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाले गरेको हो । समापन कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नगर उप–प्रमुख विमलकुमार पुन, शिक्षा शाखा प्रमुख नरेन्द्र ओली, जिल्ला युवा समितिका अध्यक्ष भिमराज ओली लगायतको उपस्थिति रहेको थियो ।