Kakhara सबैको खबर सम्पूर्ण खबर
विश्व वातावरण दिवसकाे अवसरमा रुकुम पश्चिममा वृक्षाराेपण
वृक्षाराेण गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायत ।

रुकुम पश्चिममा पनि विश्व वातावरण दिवस मनाइएको छ । आज दिवसको अवसरमा जिल्लामा वृक्षारोपण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा अन्य निकायले दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेका छन् । 

दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको चण्डी दल गण सल्लेमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा १० वटा धुपी सल्लो रोपिएको छ । त्यस्तै चण्डी दल गणमा ३ सय ५० वटा विरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

चण्डी दल गणको परिषरमा लो क्वाट, सल्लो, अम्बा, लप्सी र चिउरी जातका बिरुवा रोपिएको उहाँले बताउनुभयो । हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणका लागि विरुवा रोपिएको प्रजिअ पन्तको भनाई छ । वृक्षारोपनमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

हरेक वर्षको जुन ५ तारिकमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालन हुने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update