Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे ३ सिमामा रहेको चौतारी मर्मत

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को सिमामा रहेको चौतारी मर्मत गरिएको छ । प्राचिन कालदेखि रहेको चौतारीलाई मर्मत गरेर गाउँपालिकाले थप आकर्षक बनाएको छ । २ आर्थिक बर्षको बजेटले चौतारी मर्मत गरिएको हो । 

आर्थिक बर्ष २०७८/०७९ मा दुई लाख र २०७९/०८० मा पाँच लाख तथा स्थानीयको जन श्रमदान एक लाख १९ हजार आठ सय ५८ रुपैयाँ  गरि कुल ८ लाखमा  चौतारी मर्मत गरिएको हो । गाउँपालिका र जन श्रमदान गरि चौतारी निर्माण भएपछि स्थानीयबासीहरु खुसी भएका छन् ।

उक्त चौतारीलाई थप आर्कषक बनाउनका लागि रङ रोगनका लागि स्थानीय समाजसेवी चन्द्र रसाइलीले सहयोग गर्नु भएको छ ।

352667914_820070169699579_3531963690226691930_n1686134697.jpg

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update